काठमाडौं ,असार २ गते ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा महानगरीय ट्राफिक महाशाखाका एसपी जीवन श्रेष्ठलाई पठाइएको छ ।
यस्तै मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापा, बाँकेमा ओम बहादुर राना र तनहुँमा अरुण पौडेलको सरुवा भएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पामा दिपक खरेलको सरुवा भएको छ । यसअघि खरेल प्रहरी मुख्यालय नक्सालमा कार्यरत थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया !