सिरहा , असार १ गते सोमबार ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर -७ का वडा अध्यक्ष गनपैत यादवले सोमबार विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्नु भएको छ । धनगढीमाई नगरपालिका ७ स्थित श्री जनता माध्यमिक विद्यालय कसहामा अध्ययनरत् विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको हो ।

धनगढीमाई नगरपालिका -७ का वडा अध्यक्ष गनपैत यादवले आइतबार कक्षा ९ र १० मा अध्ययनरत् विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको जानकारी दिनु भयो ।

आज ७ र ८ कक्षामा अध्ययनरत् छात्रछात्राहरुलाई पाठ्यपुस्तक वितरण गरिने भन्दै अध्यक्ष यादवले यस्तैगरी अन्य कक्षाका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिने बताए ।
अखिल नेपाल यातायात मजदुर संघ प्रदेश नं. २ का अध्यक्ष समेत रहेका वडाध्यक्ष यादवले कोभिड–१९ संक्रमणलाई ख्याल गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर बैकल्पिक एवम् भौतिक दूरी कायम गरी अध्ययन तथा अध्यापन सुरु गरिने समेत बताए ।

















