काठमाडौं,असार १ गते सोमबार ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभीड-१९) महामारीलाई केही राजनितीक शक्तिहरुले राजनितीकरण गर्न खोजेको बताएका छन् ।
सरकार अलोकप्रिय बनेको हो ? भन्ने हाम्रो प्रश्नमा गृहमन्त्री थापाले भने–‘सरकारले आफ्नो दायित्व पूरा गरिरहेको छ, कोरोना भन्दा अघि सामान्य अवस्था रहेकोमा कोरोनाको महामारीले गर्दा अवस्था जटिल बन्न पुगेको हो ।
आर्थिक अवस्था कमजोर बन्न गएको छ । यसैलाई केही राजनितिक शक्तिहरुले राजनितीकरण गरि मुलुकमा अस्थिरता ल्याउने प्रयत्न गरिरहेका छन् ।’
गृहमन्त्री थापाले आवश्यक सुरक्षाका मापदण्डलाई पालना गरि लकडाउनलाई केही खुकुलो पारिएको पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !