कृष्णा यादब, वीरगंज असार १ गते सोमबार ।
पर्साको ग्रामिण क्षेत्रलाई जोडने तिलावे पुल संचालनको माग गर्दै नेपाल तरुण दल पर्साले आज पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
तरुण दल पर्साका सचिव बिबेक कुमार चौरसियाको नेतृत्वमा रहेको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन ।
सचिव चौरसियाद्वारा हस्ताक्षरित बुझाईएको ज्ञापन पत्रमा पर्साको सदरमुकाम वीरगंज संग जोड्ने हुलकी राजमार्ग अतिनै सम्बेदनशिल तिलावे नदी पुल बिगत ६ बर्ष देखि पप्पु कन्स्ट्रक्सनले ठेक्का पारी पुल निर्माणमा चरम लापरबाही गरि पुल अलपत्र बनाएको तथा बैकल्पिक बाटो प्रयोग गरि आवतजावत तथा समानहरुको दुवानी गर्न निकै समस्या भईरहेको जनाईएको छ । पुल पारी पश्चिम तर्फ रहेको सम्पुर्ण उधोगधन्दा तथा जनजीवन नराम्रो संग प्रभावित भएको प्रति नेपाल तरुण दल पर्साको गम्भिर ध्यानाकर्षण भएको भन्दै आज ज्ञापनपत्र बुझाएका छन् ।
पानी पर्दा बैकल्पिक बाटो समेत ठप्प हुने गरेकोले त्यहाँको चालू अवस्थामा पुरानो पुललाई ठेकेदारले ६÷७ महिना देखि तिलावे पुलबाट आवतजावत बन्द गरेकोले त्यस ठाउँका स्थानियको जीवन कष्टकर बन्दै गएको छ । केही दिन भित्र बर्षाऋतु सुरु हुने भएकोले पुलको बैकल्पिक बाटो अचानक गत बर्ष झै खोलाले बगाइ यातायात बन्द हुने अवस्था सृजना भएकोले समय मै पुरानो पुल चाडै सञ्चालन गर्न गराउन भनि स्थानीय प्रशासनलाई नेपाल तरुणदल पर्साले ज्ञापन पत्र मार्फत जोडदार माग गरेको छ ।
निर्माणधिन पुललाई समय सिमा भित्र निर्माण पूरा गर्न गराउन एक साता भित्र पुरानो पुललाई ब्यवस्थित गरि सन्चालनमा ल्याउन र सन्चालनमा नल्याए सास्ती खेपेका त्यस ठाउँका बासिन्दा, ब्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नु पर्ने स्थिति सृजना हुने भएकोले जनताको अधिकार तथा आवतजावतको सुबिधालाई मध्यनजर गर्दै नेपाल तरुण दल पर्साले कडा भन्दा कडा संघर्षमा जाने चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझाउनेहरुमा तरुण दलका अनिल यादव, फर्णिन्द्र पटेल, मिकु सिंह, राज उपनेश चौरसिया, जङ्ग बहादुर पटेल, बिकाश तिवारी, केसव मिश्रा, साबिर हुसेन लगायतको सहभागीता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !