Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रुकुम पश्चिमले जाजरकोटका नवराज विकसहित ६ जना युवाहरुको ‘क्रुर’ हत्यामा सलंग्न ३४ जना (नामसहित)

काठमाडौँ,असार १ गते सोमबार ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जाजरकोटका नवराज विकसहित ६ जना युवाको हत्या आरोपमा पक्राउ परेका र फरार रहेका ३४ जनाकै नाम सार्वजनिक गरेको हो। आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने क्रममा प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छ । जसमा युवती, युवतीका बुवा, आमा र दाई तथा केही बालकको नाम गोप्य राखिएको छ ।

जेठ १० गते प्रेमिका शुष्मा मल्ललाई विवाहका लागि भगाउन जाजरकोटबाट सोती गएका नवराज विकसहित ६ जनाको हत्या भएको थियो । आरोपित पक्षले भने उनीहरु भेरी नदीमा हाम फालेको दाबी गरेका छन । प्रहरीसँगको बयानमा भने उनीहरु ज्यान जोगाउन नदीमा हाम फालेको र हाम फालेपनि ढुंगा प्रहार गर्दा मृत्यु भएको हुन सक्ने दाबी गरेका छन ।

तर लामो बयान र केरकारपछि अनुसन्धानका क्रममा नवराज विकसहितका ६ जना युवाहरुको हत्या गरेको वडाध्यक्षसहितका आरोपितले स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । युवाहरुलाई घेरा हालेर कुटपिट गरेको, भाग्न नदिन पुलमा समेत युवाहरुलाई परिचालन गरेर छेकेको र कुटपिट गरेर मरणासन्न भएपछि नदीमा फालिएपछि पनि ढुंगा हान्दा उनीहरुको ज्यान गएको आरोपितको बयान छ ।

६ जना युवाहरुको मृत्यु नभई हत्या भएको निष्कर्षसहित रुकुम पश्चिम प्रहरीले आइतबार वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा, आमा, दाईलगायत ३४ जनाविरुद्ध ज्यान मार्ने उद्योग, जातीय छुवाछुत कसुरमा आजीवन जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएका ३४ जनामध्ये २९ जना पक्राउ परिसकेका छन । अझै ५ जना भने फरार छन । पक्राउ परेका धेरैजसो वडाध्यक्ष मल्लका आफन्त छन । केही गाँउले ठकुरी र जनजातीमा मगर समुदायका पनि छन । सिंगो गाउँ नै गएर कुटपिट गर्ने क्रममा केही बालक समेत सलंग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृत्यु नभई हत्या

मुखमा, टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको अवस्थामा नवराज विकसहित युवाहरुको विभत्स शबहरु भेटिएका थिए । प्रेमिकालाई विवाहका लागि भगाउन गएका नवराजसहित लोकेन्द्र सुनार, टीकाराम सुनार, गोविन्द शाही, गणेश बुढा र सन्दीप विकको शब विभिन्न मितिमा फेला परेको थियो ।

नवराजको शब जेठ ११ गते बिहान फेला परेको थियो भने टीकारामको शब त्यसको भोलिपल्ट फेला परेको थियो । यस्तै गणेश बुढाको शब घटनाको तेस्रो दिनमा, लोकेन्द सुनारको शब घटना भएको चौथो दिनमा डोरीले बाधिएको अवस्थामा नदीको किनारामा फेला परेको थियो ।

यस्तै सन्दीपको शब घटनाको छैटौ दिनमा र गोविन्द शाहीको शब घटना भएको १० दिनपछि विभत्स अवस्थामा हत्या गरिएकै अवस्थामा फेला परेको थियो । अन्तिममा फेला परेका गोविन्द शाहीको अनुहारमा चोट थियो भने ढुंगाले हानेर दात झारिएको थियो । मुखमा ढुंगाले हानेर कच्याककुचुक अवस्थामा गोविन्दको शब फेला परेको थियो ।

गोविन्दको विभत्स शब हेरेपछि धेरैलाई युवाहरुको मृत्यु नभई हत्या गरेर फालिएको लख काटेको थिए । आइतबार प्रहरीले अदालतमा पेश गरेको विवरणमा पनि युवाहरुको स्वभाविक मृत्यु नभई सामुहिक हत्या भएको उल्लेख गरेको छ ।

घटना वडाध्यक्ष मल्ल, युवतीका बुवा, आमा र दाई लगायतको योजनामा भएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जन्मकैद गर्न माग

सोती घटनाका आरोपितलाई ज्यान मारेको आरोपसहित अरु तीन वटा मुद्दा लगाइएको छ । ६ जना युवाहरुलाई मारेको, १२ जनालाई घाइते बनाएको र जातीय छुवाछुत गरेको आरोपमा उनीहरुलाई जन्मकैद सजायको माग गरिएको छ ।

वडाध्यक्ष मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, युवतीका आमा प्रकाशी मल्ल, युवतीका दाई लगायतलाई ६ जना युवाहरुको क्रुरतापूर्वक हत्या गरेको दाबीसहित आजीवन जन्मकैदको सजाय माग गर्दै अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रहरीको विशेष स्रोतका अनुसार वडाध्यक्ष मल्ल, युवतीका बुवा, आमा र दाईकै योजनमा युवाहरुलाई मारेर भेरी नदीमा फालिएको हो । जातीय विभेदकै कारण घटना भएको र निर्दोष युवाहरुले ज्यान गुमाउनुपरेको पनि प्रहरीको निष्कर्ष छ ।

संसदीय छानबिन समितिको अनुसन्धान शुरु

घटनाका बारेमा अनौपचारिक सेवा केन्द्र इन्सेक, मानवअधिकार आयोग, पत्रकार लगायतका विभिन्न संघ संस्थाले पनि अध्ययन तथा अनुसन्धान गरेका छन । सरकारले घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले प्रतिवेदन सार्वजनिक नगरेपनि युवाहरुलाई कुटपिट गरेर मारिएको गृहमन्त्री रामबहादुर थापा बादललाई ब्रिफिंग गरेको थियो ।इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा घाइतेको बयानसहित युवाहरुलाई कुटपिट गरेर मारेर भेरी नदीमा फालिएको उल्लेख छ ।

यतिका धेरै प्रमाण बोल्दाबोल्दै घटनालाई ढाकछोप गर्ने प्रयास भएको भन्दै संसदमा चर्को विरोध भएपछि प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ । शनिबार मात्रै जाजरकोट प्रस्थान गरेको समितिले घटनाको अनुसन्धान शुरु गरेको छ ।

घटनालाई ढाकछोप गर्न रुकुम पश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रत्यक्ष रुपमै लागिपरेका अधिकारकर्मी र दलित नेताहरुको आरोप छ । शर्माले संसद बैठकमा युवाहरुको ज्यान जोगाउन भेरीमा हाम फाल्दा मृत्यु भएको बताएका थिए ।

उनको सो भनाईपछि संसदभित्र र बाहिर जनार्दनको चर्को आलोचना हुदै आएको छ ।  रुकुम नरसंहार घटनाका दोषीलाई जन्मकैदको माग गर्दै काठमाडौँको माइतीघरसहित देशका विभिन्न ठाउँमा दिनदिनै प्रदर्शन समेत भइरहेको छ ।

नवराजसहित ६ जना युवाहरुको हत्यामा सलंग्न ३४ जना आरोपित  

१. डम्बरबहादुर मल्ल वडाध्यक्ष
२. डिल्ली मल्ल
३. तुलबहादुर मल्ल
४. प्रेमबहादुर ठकुरी
५. सन्तोष मल्ल
६. मोहन पुन मगर
७. मानबहादुर मल्ल
८. टोपबहादुर मल्ल
९. सर्वजित भन्ने सविन पुन
१०. नाम पविर्तन गरेर युवती
११ं वीरबहादुर मल्ल युवतीका बुवा
१२. आमा प्रकाशी मल्ल
१३. युवतीका दाई
१४ एक जना नाबालकको नाम परिवर्तन
१५. इन्द्रबहादुर मल्ल
१६. तिलक सेन
१७. इन्द्रबहादुर ठकुरी
१८. लिपेन्द्रकुमार मल्ल
१९. हर्कबहादुर मल्ल
२ं०. विनोद मल्ल
२१ं दिपेन्द्र चन्द
२२. नेत्रबहादुर मल्ल
२३. रेशमबहादुर मल्ल
२४. धनराज राणा
२५. नविनकुमार घर्ती
२६. विराज पुन मगर
२७. भीमबहादुर पुन
२८. रमित पुन मगर
२९. विष्णु मल्ल

फरार रहेका ५ जना

३०. तुलाराम घर्ती
३१. डिल्ली घर्ती
३२. लोकेन्द्र घर्ती
३३. सौरभ पुन
३४. भीमबहादुर बुढा

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh