काठमाडौं,जेठ ३२ गते आइतबार ।
र्यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाइएका धादिङका २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नीलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरी घर पठाएको थियो ।
घर गएको केही दिनपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्दा २४ जनामा संक्रमण पुष्टि भएको नगरप्रमुख भीम ढुंगानाले जानकारी दिनु भयो ।
‘त्यतिबेला पीसीआर टेस्टका किटको अभाव थियो । त्यसैले आरडीटी गरेर पठाएका थियौं’ ढुंगानाले अनलाइनखबरसँग भने, ‘किट आएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण भेटिएको छ ।’ यसरी संक्रमण पुष्टि हुनेमा वडा नं ७ र १४ धुवाँकोटका ७/७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना छन् ।
अब संक्रमितको परिवारका सबै सदस्यको पीसीआर टेस्ट गरिने उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !