जनकपुर,जेठ ३२ गते आइतबार ।
प्रदेश नं २ को सभाले आर्थिक वर्ष ०७७/ ७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेश सभाको आइतवार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
जेठ २५ गतेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलकबहादुर परियारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सभामा पेस भएको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री लालबाबु राउतले आइतवारको बैठकमा जवाफ दिएका थिए ।
त्यससँगै नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममाथि प्रदेश सभाका अधिकांस सदस्यले आ–आफनो भनाइ राखेका थिए । पारित नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा जारी कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रमा केही नयाँ कार्यक्रम समेटिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत अन्य राजनीतिक दलले नीति तथा कार्यक्रमको विरोध गर्दै आएका थिए ।
प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलिप कुमार साह, शिवचन्द्र चौधरी,गोविन्द बहादुर न्यौपाने,रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्गलगायतकाले संशोधन प्रस्ताव पेश गरेपनि बहुमतले अस्विकृत भएपछि सभामुख सरोज कुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !