रोल्पा,जेठ ३१ गते सनिवार ।
रोल्पामा १७ जना थप कोरोना संक्रमणका बिरामी थपिएका छन् । भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा रोल्पाको थप १७ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगैं रोल्पामा कोरोना संक्रमण हुनेको संख्या ३४ पुगेको छ । यसअघि सुनिल स्मृति गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको थियो ।
शनिबार आएको नजिता अनुसार रोल्पा नगरपालिका १ का ५ जना र सुनिल स्मृति गाउँपालिकाका १२ मा कोरोना संक्रमण पुष्टि भएको हो । रोल्पा नगरपालिका १ का १८, १८, २१, २२ र २५ वर्षीय पुरुषमा कोरोना देखिएको मेयर पूरण केसीले बताए ।
त्यस्तै सुनिल स्मृति गाउँपालिका १ का १८, २०, २१, ४०, ४० र ४७ का पुरुष, वडा नं. ५ का २१ वर्षीया महिला १८, २४, २७ र २९ वर्षीय पुरुष र वडा नं.४ का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !