धरान,जेठ ३१ गते सनिवार ।
सामाजिक सञ्जालले जोडेका युवाहरुले धरानमा शनिवार पनि सरकार विरुद्ध प्रदर्शन गरेका छन् । देशव्यापी रुपमा भैरहेका युवाहरुको विरोध प्रदर्शनमा उनिहरु आफैले लेखेर ल्याएका प्लेकार्डमा लेखिएका नारा देशमा व्याप्त भ्रष्टाचार, कोरोनाको उपचारमा हेलचक्राई गरिएको, लामो लकडाउनको औचित्य माथी प्रश्न उठाउँदै असन्तोष प्रकट गरेको पाइन्छ ।
शनिवार पुरानो धरान अस्पताल चौकामा भेला भएका युवाहरुले पुरानो अस्पताल चौक दैखी छाता चौक सम्म सडकको दुवै तर्फ उभिएर प्लेकार्ड प्रदर्श गरी सरकार विरुद्ध प्रदर्शन गरेको थिए । उनिहरुले प्रदर्शन गरेका प्लेकार्डहरुमा १०० प्रतिशत पिसिआर टेष्ट, लकडाउन अझै कहिले सम्म ? दश अर्ब खै ? छैन तिम्रो भर, किन तिर्नु कर, कर केका लागि ? १०० प्रतिशत पिसिआर लागुगर, सरकार तिम्रो पाराले, दुःख पायो साराले, युवा जति खाडीमा, नेता जति गाडिमा लगायतका नाराहरु लेखिएका थिए ।
छाता चौकमा प्रदर्शन गरेपछि लामबद्ध भएर युवाहरु जुलुसको रुपमा भानुचौ सम्म आएका थिए । भानुचौक स्थिति बसपार्कमा भौतिक दुरी कायम गर्दै परेडको पोजिशनमा उभिएर उनिहरुले प्लेकार्ड अगाडि राखेर थप प्रदर्शन गरेका थिए । कुनै आयोजक नदेखिएको विरोध प्रदर्शन लाई लिएर राजनीतिक दलका कार्यकर्ताले युवाहरुको विरोध प्रदर्शन बारे नकारात्मक टिप्पणी गरेको पाइएको छ ।
प्रदर्शनमा सहभागीहरुले भने प्रदर्शन देशमा व्यप्त भ्रष्चार, वेथिती र कोरोना रोकथाममा सरकारी गैरजिम्मेवारी पन बाट असन्तुष्ट युवाहरु सामाजिक सञ्जाल बाट जोडिएर स्वस्फुर्त रुपमा सहभागी भएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !