काठमाडौं,जेठ ३१ गते सनिवार ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ ।’ प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे । उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे ।
दाहालले उक्त विधेयकमा नेपालीले जनाएको समर्थनमा आफ्नो पनि ऐक्यबद्बता रहेको बताए । उनले विधेयकमा सुरुदेखि सर्वसम्मति रहँदै आएको र अब पनि सर्वसम्मतिले पारित हुनेमा आफू विश्वस्त रहेको बताए ।
देशको गुमेको भूभाग फिर्ता लिने चरणमा आइपुगिएको र विगतमा पनि पटकपटक उठाउँदै आइएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !