Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढदै, हतारमै जलाइन्छ शव


एजेन्सी,जेठ ३१ गते सनिवार ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला भारतको सर्वोच्च अदालतले अस्पताल र अधिकारीहरुले गरेको बिरामीको व्यवस्थापनको व्यवहारप्रति असन्तोष व्यक्त गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुलाई जनावरभन्दा पनि खराब व्यवहार गरिएको छ,’ संघीय तथा राज्य सरकारलाई खतरनाक अवस्थाबारे ध्यानाकर्षण गर्दै सर्वोच्चले भनेको छ, ‘एकपटक लाश फोहोर फाल्ने ठाउँमा भेटिएको थियो । मानिसहरु मर्दैछन् र त्यहाँ उनीहरुलाई हेर्ने कोही छैन ।’
शुक्रबार भारतमा कोरोनका १० हजार ९ सय ५६ जना नयाँ संक्रमित भेटिए र त्यसमध्ये ३ सय ९६ जनाको मृत्यु भयो । भारतमा एकैदिन यति धेरैले ज्यान गुमाएको यो पहिलो पटक  हो । भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार नाघिसकेको छ र यो विश्वकै चौथो हो, यहाँ ८ हजार ४ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

अति खराब अवस्था 
यो त बाहिर आएको कुरा भयो । बाँकी विश्वमा झैं यहाँ पनि संक्रमितको यकिन संख्या निकै ठूलो हुनसक्ने आँकलन गरिएको छ, किनकि यहाँ परीक्षण समेत पर्याप्त भइरहेको छैन ।  नयाँ दिल्लीका स्वास्थ केन्द्रहरु संक्रमितको भीडका कारण निकै खराब अवस्थामा छन् र राज्य सरकारका सहायक मुख्यमन्त्री मनिष सिसोडियाले अति खराब अवस्थाको प्रक्षेपण गर्दै जुलाईको अन्त्यसम्म ५ लाख ५० हजार जना संक्रमित हुनसक्ने बताएका छन्, संक्रमित संख्या अहिल्यै ३५ हजार पुगिसकेको छ । 

यद्यपि, शहरका घाटमा शव हेर्दा मृतक संख्या धेरै बढी भएजस्तो देखिन्छ । अस्पतालका शव राख्ने कक्षहरु क्षमताबाहिर पुगिसकेका छन् । गर्मीको समय तापक्रम ४० डिग्रीमा पुगिसक्दा पनि केही शवहरु पातलो आइसभित्र राखिएका छन् । ‘सुरुमा मैले एउटै मात्र लाश बोक्थे । अहिले शव कक्षका सहयोगीहरुले मेरो भ्यानमा अटेसम्म शवहरु राख्छन्,’ नयाँ दिल्ली अस्पतालदेखि शवको अन्त्येष्टी गरिने स्थलसम्म शव बहान कुदाउने गरेका विजेन्द्र धिग्यले भने ।  बाँकी विश्वमा झैं कोरोना भाइरसका कारण दिल्लीमा पनि आवश्यक संस्कार पूरा नगरी हतारमै शव अन्त्येष्टी गरिन्छ । 

शोक–संस्कार अवरुद्ध 
जब राजसिंहकी ७० वर्षीय आमाको भारतीय राजधानीमा कोभिड–१९ का कारण मृत्यु भयो । तब, उनले पूरै विधी पूरा नगरी क्रियाकर्म गरे, हिन्दूहरु विधिसम्मत रुपमा किरिया गर्दा पुनर्जन्मको चक्रबाट आत्माले मुक्ति पाउने विश्वास गर्छन् ।  वैदिक मन्त्र उच्चारण गर्न र गंगा नदीको पानी छर्कन पनि सिंहले पाएनन् । उनले गरेको भनेकै बेरेर राखिएको आफ्नी आमाको लाशलाई काठको चितामा राख्ने र सिमित आफन्तका अगाडि लाश जलिरहेको नियाल्ने हो । 
‘मेरी आमाको अन्त्येष्टी यसरी हुन्छ भनेर मैले कहिल्यै सोचिँन,’ उनले भने । 

भाइरसका कारण मुस्लिमहरुको अन्त्येष्टी पनि प्रभावित भएको छ ।  सामान्यतया इस्लामिक दाहसंस्कारमा समारोह गरिन्छ । शवलाई नुहाइन्छ । दाह संस्कारमा सहभागी भएकाहरुले मृतकको अनुहार हेर्छन् र प्रार्थना आयोजना गरिन्छ । त्यसपछि धार्मिक नेताले प्रवचन दिन्छन् । त्यसपछि नजिकका आफन्तहरुले उठाएर शवलाई चिहानमा राख्छन् । 

अहिले नयाँ दिल्लीको सबैभन्दा ठूलो मुस्लिम कब्रस्तानमा शवको शरीर लगिन्छ । शरीरलाई नुहाउन पाइदैंन र शोकाकुलहरुले मृतकको अनुहार हेर्न पाउँदैनन् । कुनै प्रचवन हुँदैन ।  यस कब्रस्तानमा २ सयभन्दा धेरै कोभिड–१९ मृतकहरुको शव गाडि सकिएको छ, शव आएसँगै हतारमा गाडिन्छ । ‘सम्पूर्ण रुपमा अन्त्येष्टी र शोक प्रतिक्रिया अवरुद्ध छ’ नयाँ दिल्लीको सबैभन्दा ठूलो चिहानमा अन्तिम संस्कार गराउने व्यक्ति पप्पुले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh