सन्जु छत्कुलि
पर्सा,जेठ ३० गते शुक्रबार ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा असफल भएको भन्दै सरकारको बिरोधमा बिरगंजका युवाहरुले बिरोध प्रदर्शन गरेका छन ।

कोरोना भाइरस को बेला सरकारले गरेको कामले कोरोना रोक्थाम र नियन्त्रण को उपलब्धि नहुने भन्दै युवाहरूले बिहीबार वीरगञ्जमा विराेध प्रदर्शन गरेका छन ।
घण्टाघर चाेकमा विराेध प्रदर्शन गर्ने तयारी पुर्व नै प्रशासनले जानकारी पाएपछि धेरै मत्रा मा प्रहरी परिचालन गरि घणटघर, माइस्थान, पान मन्डी चारैतिर बाट घेरा बन्दिगरी अवरोध गरेको थियो। अवराेधका कारण युवाहरुले आदर्शनगर चाेक देखी महाबिर स्थान चाेकसम्म बिरोध प्रदर्शन गरेका थिए।
आदर्शनगर चाेक देखि महाबिरस्थान चाेकसम्म भेला भएका युवाहरूले सरकार विरूद्ध चर्काे नाराबाजी गरेका छन । जोकर लाई भोट दिएपछी देशमा कमेडी नै हुन्छ।सरकार खै, १० अर्ब को हिसब खोइ र सबै नागरिकको पि सिआर टेस्ट गर, प्रहरी मेरो साथी हामी लाई नहान लाठि भन्ने लेखिएको प्लेकार्ड लिएर प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेका छन।
सरकारले कोरोना भाईरस माहामारीको नाम मा १० अर्ब खर्च गरेको जनाएका छन तर, राहत बितरण व्यवस्थित हुन सकेको छैन। कवारेनटाइन को राम्रो ब्यवस्थापन र कवारेन्टाइनमा उपचारको कमि रहेको भन्दै बिरगंज का युवाहरुले बिरोध प्रदर्शन गरेका हुन।
युवाहरु प्रदर्शन गर्दै आदर्शनगर,बाट महाबिरस्थान पुगेपछि युवाहरूकाे प्रदर्शनलाइ प्रहरीले महाबिर चाेकभन्दा अगाडी बढ्न नदिएपछी माहाबिर स्थान चौकमै बसि उनिहरुले बिरोद प्रदर्शन गरेक थिए सरकारकाे विरूद्धमा भएकाे प्रदर्शन शान्तिपुर्ण रूपमा सम्पन्न भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !