सर्लाही,जेठ ३० गते शुक्रबार ।
सर्लाही जिल्लामा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीसँग झडप भएको हो।
पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले अवरोध खडा गरेको हो । तर भारतीय नागरिकले सशस्त्र प्रहरीका हतियार खोस्न थालेपछि भएको प्रत्याक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
मृतकको पहिचान खुलेको छैन । घटनामा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् भने अन्य दुई भारतीय नागरिक घाइते भएका छन् । सशस्त्रको एउटा एसएलआर हतियार लुटिएको समेत बताइएकाे छ ।
भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न लागेपछि सुरुमा १० राउण्ड हवाइ फायर गरिएको र पछि भारतीय नागरिकले हतियार नै खोसेर भागेपछि गोली चलाउनु परेको सशस्त्रले जनाएको छ । प्रहरीले हतियार लिएर भागेपछि ५ राउण्ड गोली चलाएको थियो ।
हतियार खोस्ने भारत सितामढीका ४५ वर्षीय लगन राम भने पक्राउ परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !