विराटनगर,जेठ ३० गते शुक्रबार । लकडाउनको समयमा होटल सञ्चालकबाट घुस माग्ने कनिष्ट प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक( असई) सिताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीले रंगेहात पक्राउ गरेकाे हाे ।
होटल व्यवसाय सञ्चालनमा सहजिकरण गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा बिहीबार आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको चार हजार घुससहित पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
घुस लिएर फर्कदै गरेको अवस्थामा कटहरी गाउँपालिका ३ कहटरी चोकबाट पक्राउ गरेको हाे । उनीमाथि थप अनुसन्धान भइरहेकाे आयोगले बताएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !