Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी महानिरीक्षक बन्न प्रतिस्पर्धामा रहेका थापा र पालबीच यस्तो ‘भद्र सहमति’

काठमाडौं ,जेठ २९ गते बिहीवार ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली यहि असार २४ सेवानिवृत्त हुँदैछन्। ३० वर्षे सेवाअवधिका कारण बाहिरिँदैगरेका ज्ञवाली यसअघिका आईजीझैँ कार्यकाल लम्ब्याउने खेलमा पनि लागेका छैनन्।

त्यसैले, असार २४ गते नेपाल प्रहरीले नयाँ नेतृत्व पाउँदैछ। यसपटक लामो समयपछि अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजी) छानिँदैछन्। यसअघि जस्तो प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सीधै आईजी बनाउनु पर्ने अवस्था छैन।

माघ २८ गते आईजी भएका ज्ञवालीको कार्यकाल सकिन अब मात्रै २९ दिन छ। पहिलो नम्बरमा एआईजीमा बढुवा भएका तारिणीप्रसाद लम्साल पनि सेवा हदका कारण ज्ञवालीसँगै सेवानिवृत्त हुँदैछन्।

अर्थात् एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना आईजी बन्ने छन्।

उनीहरु दुवै जनाले २०४९ साल वैशाख १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए। डीएसपीदेखि एआईजीसम्म आइपुग्दा उनीहरु सँगसँगै बढुवा हुँदै आए। तर, अब भने एक जनाले प्रहरीको नेतृत्व सम्हाल्दा अर्को एआईजीमै रोकिनुपर्ने भएको छ।

नयाँ आईजी नियुक्तिको मिति नजिकिँदै जाँदा एआईजी थापा र पालबीच कडा प्रतिस्पर्धा छ। तर उनीहरुका बीचमा समझदारी पनि बनेको छ– आईजी बन्नकै लागि एकले अर्कोलाई बदनाम नबनाउने, जो आईजी बनेपनि भोलिका दिनमा मिलेर काम गर्ने।

नेपाल प्रहरीमा यस्तो दृश्य कमै देख्न पाइन्छ। आईजीको दौडमा लागेपछि एकले अर्कोलाई बदनाम गराउने प्रहरीभित्र नियमजस्तै बनिसकेको थियो। ज्ञवालीको पालमा त्यसमा ब्रेक लाग्यो।

त्यसअघि आईजीको दौडमा लाग्दालाग्दै एकले अर्कोलाई नस्वीकार्ने बरु जागिरै छोड्नेसम्म देखिएका थिए। तिनैमध्येका पात्र हुन्, नवराज सिलवाल र रमेश खरेल। दुवै जनाले आईजी बन्न नपाएपछि जागिरै छाडे। अहिले दुवै राजनीतिमा लागेका छन्।

तर, यो पटक त्यस्तो किचलो नहुने उच्च प्रहरी अधिकृतहरु बताउँछन्।

‘दुवैले आईजी बन्न कोसिस गर्ने नै भए, तर फोहोरी खेल नखेल्न हामीले पनि भनेका छौं, उनीहरु पनि सहमत छन्,’ थापा र पालकै ब्याची एक डीआईजीले भने।

संगठनलाई नै बदनाम गर्ने काम आफूहरुबाट नहुने थापा र पाल दुवैको भनाइ छ।

‘पहिले पहिलेजस्तो एकले अर्कोलाई बदनाम गर्ने काम हामीबाट हुँदैन,’ एआईजी थापाले नेपालखबरसँग भने, ‘संगठनलाई बदनाम नगर्ने सहमति हामीबीच छ।’

अर्का एआईजी पाल पनि यसमा सहमत छन्।

‘जागिरबाट अवकास भएपछि पनि हामीबीचमा मित्रवत सम्बन्ध कायम रहनेगरी हामी काम गर्नेछौँ,’ पालले नेपालखबरसँग भने।

एआईजीद्वयको काम र बढुवाको नालिबेली

थापा र पालसँगै जागिर सुरु गरेका ६० जनामध्ये केही अहिले डीआईजी छन्। अरु एसएसपी र एसपीमा रोकिए। हालकै व्यवस्था कायम रहे अरु दुईजना एआईजीसम्म पुग्ने सम्भावना छ। त्यो दौडमा डीआईजी निरज शाही र प्रद्युम्न कार्की छन्। अन्यले डीआईजी, एसएसपी र एसपीबाटै बिदा लिने छन्।

सरकारले यी दुई एआईजीमध्ये जसलाई चाहन्छ, उसैलाई आईजी बनाउन सक्छ। बढुवामा यो मान्छे यही वरियतामा हुन्छ भन्ने निश्चित हुँदैन। यसअघि पनि यी दुईले थुप्रै उतारचढाव बेहोरिसकेका छन्।

प्रहरी निरीक्षकमा पहिलो नम्बरमा भर्ती भएका सैलेश थापा धेरै पटक वरियतामा पछि परे। ११ औं नम्बरमा भर्ती भएका हरि पालले आफूभन्दा माथिल्लो बरियतामा रहेका धेरैलाई उछिनेर अगाडि आए।

२०५८ वैशाख १८ गते डीएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३ औं नम्बरमा झरे। तर त्यसको ८ वर्षपछि एसपीमा बढुवा हुँदा थापा एक अंक पछि धकेलिँदा पाल ८ अंक अगाडि आए। २०६६ साल पुष २० गतेको एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा बढुवा भए। यही समूहका राजेशलाल कर्ण भने मंसिर ३ गते नै एसपीमा बढुवा भएका थिए।

एसपीमा हुँदा चौथो नम्बरमा निरज शाही र छैठौं नम्बरमा प्रद्युम्न कार्की थिए। तर एसएसपीमा यो वरियता कायम रहेन। २०७४ साउन १९ गते एसएसपीको बढुवा सूची सार्वजनिक भएको थियो। जसको पहिलो नम्बरमा थापा आइपुग्दा पाल चौथो नम्बरमा झरे। शाही र कार्की दोश्रो र तेश्रो नम्बरमा एसएसपी भएका थिए।

उनीहरुको बढुवा वरियतामा उत्तरचढाव रोकिएन। २०७५ असोज २० गते सरकारले ११ डीआईजीको बढुवा सूची निकाल्यो, जसमा थिए, विनोद घिमिरेदेखि हालका आईजी ठाकुर ज्ञवालीसम्म।

तर थापा र पालका ब्याची ४ जना मात्रै थिए। त्यसमा पनि अहिलेका यी दुई प्रतिस्पर्धी थापा छैठौं र पाल सातौं नम्बरमा आइपुगे। उनीहरुभन्दा पछाडि निरज शाही र प्रद्युम्न कार्की आठौं र नवौं नम्बरमा बढुवा भए।

दुईमध्ये जो भए पनि २०७९ वैशाख १९ गतेसम्मका लागि आईजी हुनेछन्।

थापाले धेरै समय फिल्डको कमान्ड गरेका छैनन्। तर जति गरेका छन् निष्कलंक छन्। पालको धेरै समय फिल्डमै बितेको छ। उनी अनुसन्धान र अप्रेसनमा अब्बल मानिन्छन्।

दार्चुलाका पालले सूदुरपश्चिमबाटै सेवा सुरु गरे। भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका थिए।

पालले अपराध महाशाखा, जिल्ला प्रहरी परिसर काठमाडौं, बौद्ध, नुवाकोट, डडेलधुरामा काम गरे। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला बालुवाटारको सुरक्षा जिम्मेवारी पनि पाए। पाल दुई र थापा तीन देशमा मिसनमा गएका छन्। पाल पूर्वी टिमोर र इराक गएका थिए भने थापा बोस्निया, पूर्वी टिमोर र सुडान सिनमा गएका थिए।

प्रहरी निरीक्षक हुँदा थापाले उपत्यकाबाहिर सिन्धुपाल्चोकमा मात्रै काम गरेका थिए। त्यसबाहेक प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा बिताएका थिए। यस्तै डीएसपी हुँदा धादिङ र एसपी हुँदा कास्की तथा झापा प्रहरीको नेतृत्व उनले गरेका छन्।

प्रहरी प्रवक्ता भएका थापाले महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि सम्हालेका छन्। एआईजीमा बढुवा भएपछि थापा मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।

पालले एसपी हुँदा महानगरीय प्रहरी कार्यालय काठमाडौं, जनकपुर, रुपन्देही र कास्कीमा काम गरे। एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसी र डीआईजी हुँदा प्रदेश २ को नेतृत्व गरेका छन्। यस्तै विशेष ब्युरोमा रहँदा उनको भूमिका प्रशंसनीय छ। एआईजीमा बढुवा भएपछि कार्य एवं अनुसन्धान विभागको नेतृत्व पाए।

उनीहरु दुवैबीचको प्रतिस्पर्धा चर्को रहेको एक पूर्वप्रहरी अधिकृत बताउँछन्।

‘यसपटकको आईजी दौड पहिले जस्तो छैन। दुवै उन्नाइस बीस छन्। कुनैमा एक अगाडि र कुनैमा अर्को अगाडि छन्,’ उनले भने।

यी दुवैसँग नजिकमा रहेर काम गरिसकेका ती अधिकारीका अनुसार थापा योजना बनाउन सक्ने, नआत्तिने, बौद्धिक र परिपक्व छन्। फिल्डमा पनि उनको नराम्रो छाप छैन। तर नेतृत्वमा गएपछि आफ्नो कुरा निर्धक्क साथ राख्न सक्छन् सक्दैनन्, त्यसमा शंका रहेको उनको भनाइ छ।

त्यस्तै, पाल अप्रेसनमा, सहकार्यमा र कमान्ड हाँक्ने विषयमा दक्ष छन्। उनी आफ्नो कुरा निर्धक्कका साथ राख्न सक्छन्। बाह्य सम्पर्क पनि उनको राम्रो छ।

‘अहिले हेर्दा यी दुई जनामा जो आएपनि खासै फरक देखिन्न,’ ती पूर्व अधिकारीले बताए, ‘तर, भोलि नेतृत्वमा पुगेपछि कार्यशैलीमा परिवर्तन हुन सक्छ। यसअघिका आईजीमा पनि हामीले त्यो देखेका छौं।’

नेपाल खबर बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh