जनकपुर,जेठ २९ गते बिहिवार ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
महोत्तरीमा ४ जना, बारामा ७ जना र रौतहटमा १८ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नम्वर २ का बरिष्ठ जनस्वास्थ्य विजय कुमार झाले जानकारी दिनु भयो ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्वर २ का २१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी महोत्तरीकै मनरवा सिस्वा नगरपालिका वडा नम्वर ८ का ५० बर्षिय पुरुष र सोही नगरपालिकाको वडा नम्वर १० का २२ र ३० बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
बारा जिल्लाको सिम्रौैनगढ नगरपालिकाका १७ बर्षिय किशोर सहित १९ देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
१ देखी १८ वर्षसम्मका ७ जना
रौतहट जिल्लाको परोहा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ७ जना किशोरहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ४५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै गढीमाई नगरपालिका ११ बर्षिय वालक सहित २० र २५ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पिसिआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराजस्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ९४ जना पुरुषगरी कुल १ सय १ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिरहाको सिरहा अस्पताल अन्तर्गत रहेको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा १६ जना पुरुष र २ जना महिला गरि कुल १८ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
सिरहा जिल्लाकै सिरहा नगरपालिकास्थित सिरहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २६ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । धनुषा जिल्लास्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि.मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षमा १ जना महिला र ६८ जना पुरुषहरु गरी कुल ६९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
महोत्तरी जिल्लाको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा ३ जना महिला र ८२ जना पुरुषगरी कुल ८५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ३३ जना पुरुष र ९ जना महिलागरी कुल १ सय ४२ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ८ जना पुरुषहरु गरी कुल ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
रौतहट जिल्लास्थित चपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुषगरी कुल ९७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा १० जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला ३० जना पुरुषगरी कुल ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३३ जना पुरुष र ६ जना महिलागरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
त्यसैगरी सिरहा नगरपालिकास्थित सिरहा कोभिड विशेष अस्पताल सिरहामा १३ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा ४ जना गरी कुल १७ जना कोरोना आशंकित बिरामीहरुको उपचार भइरहेको छ ।
यस प्रदेशमा बिहीबारसम्म ३० हजार ५ सय ४३ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १ हजार ६ सय २ जना संक्रमित भएका छन् भने १३ हजार ८ सय ४२ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १५ हजार ९९ जनाको नतिजा आउन बाँकी रहेको छ ।
आरडिटी तर्फ अहिलेसम्म १३ हजार ७ सय १६ जनाको परीक्षण गरिएकोमा ६ सय ३९ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले बताए ।
प्रदेशमा संक्रमित १ हजार ६ सय २ मध्ये सबैभन्दा बढि रौतहटका ४ सय ९४ जना रहेका छन् । त्यस्तै ४ सय १४ जना सर्लाहीका,१ सय ७२ जना महोत्तरीका,१ सय ४४ जना धनुषाका,१ सय २२ जना पर्साका,१ सय ११ जना सप्तरीका,८४ जना बाराका र ६२ जना सिरहाका व्यक्तिहरु छन् ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ५ सय ५७ बेड क्षमताको ४ सय २८ वटा क्वारेन्टाइनमा अहिले १८ हजार ८ सय ९४ जनालाई राखिएको छ भने ८ हजार ८ सय १२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।
प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ४ सय ११ बेड क्षमताको आईसोलेशनमा ७ सय १ जना बिरामीलाई भर्ना गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ४ महिला र ६१ पुरुषगरी ६५ जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरु रौतहट जिल्लाको गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा सञ्चालित आइसोलेसन कक्षबाट जेठ २७ गते डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा रौतहट जिल्लाको इशनाथ नगरपालिकाका ३ महिला र ३७ जना पुरुषहरु रहेका छन् । त्यसैगरी रौतहट जिल्लाकै बौधिमाई नगरपालिकाका ३ जना, मौलापुर नगरपालिकाका ४ जना, कठहरिया नगरपालिकाका ३ जना, देवाही गोनाही नगरपालिकाका १० जना पुरुषहरु डिस्चार्ज भएका छन् ।
त्यसैगरी रौतहट जिल्लाकै राजदेवी नगरपालिकाबाट १ महिला र २ पुरुष समेत डिस्चार्ज भएका छन् । रौतहट जिल्लाको गौर नगरपालिकास्थित गौर नर्सिङ्ग इन्स्टिच्यूटको आइसोलेसन कक्षमा उपचार गराईरहेका ४ जना महिला र १३ जना पुरुष गरि कुल १७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यसरी पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका ८२ जना सहित यस प्रदेशका ३ सय ८१ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !