युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न प्रदेश २ प्रहरी कार्यालय जानकपुरधामका प्रमुख डिआइजी धिरज प्रताप सिंहले प्रदेश २ का ८ वटै जिल्ला प्रहरी प्रमुखहरूलाई लागुऔषध विरुद्धको स्टिङ अपरेसन वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।
अन्तर्गत गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको सन्युक्त प्रहरी टोलीले शनिबार राति ११ः३० बजेतिर सर्लाहीको मलङ्गवा नगरपालिका–८, झिलमिलियामाई मन्दिरबाट सोही ठाउँका ३७ वर्षीय राम दुलार रायलाई आठ किलो चरेससहित पक्राउ गरेको थियो ।
रायकै बयानको आधारमा अनुसन्धान गर्दै जाँदा ‘मुस्लिम युथ हेल्प कमिटी’ मलङ्गवा–६, को नाममा रहेको ज १ च १४०७ नंं. को एम्बुलेन्सबाट थप १३५ ग्राम चरेस बरामद गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्सका चालक मलङ्गवा नगरपालिका–३, का २८ वर्षीय मोहन राय यादव र सहयोगी मलङ्गवा नगरपालिका–४, का नथुनी ठाकुरलाई समेत पक्राउ गरिएको छ ।
आठ किलो चरेससहित पक्राउ परेका राम दुलार रायले एम्बुलेन्स चालक मोहन राय यादवले अन्यत्रबाट एम्बुलेन्समै हालेर ल्याई लागुऔषध भारतसम्म पुर्याइदिन जिम्मा लगाएको बयान दिएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिए ।
सीमावर्ती नाकातर्फ गइरहेको एम्बुलेन्सबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीको क्राइम ब्रान्चका प्रहरी निरीक्षक रविभूषण यादव नेतृत्वमा सन्युक्त प्रहरी टोलीले ना ४ च ८५९९ नम्बरको अल्पाइन मेडिकल कलेज टिचिङ हस्पिटल सिमराको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले बुधबार बिहान पौने ३ बजेको समयमा पर्साको बहुदरमाई गाउँपालिका-५ स्थित भौराटार गाउँतर्फ जाने क्रममा एम्बुलेन्स नियन्त्रणमा लिएको थियो ।
‘हेटौँडामा गाँजा लोड भएदेखि हामीलाई सूचना आइरहेको थियो,’ कान्तिपुरसँग प्रहरी निरीक्षक यादवले भने, ‘रातिदेखि नै हामी गण्डक नहरमा चेक गरिरहेका थियौँ, एम्बुलेन्स चेक गर्दा बिरामी राख्ने सिट मुनि फिटिङ गरी राखेको अवस्थामा ५६ किलो गाँजा बरामद भयो ।’
सर्लाही लालबन्दी निवासी एम्बुलेन्स चालक २२ वर्षीय दिलबहादुर वाइबासहित ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । ‘गाँजाको मुख्य कारोबारीको बारेमा समेत अनुसन्धान गरिरहेका छौँ,’ एसपी पन्तले भनिन् ।
स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र झुण्ड्याएर ठूलो परिमाणको लागुऔषध लैजाँदै गर्दा एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी २२ अनिलकुमार मण्डल रहेको पहरले जनाएको छ ।
बा.६७प. ४८५३ नम्बरको मोटरसाइकलमा चामलको बोरा लोड गरि राजविराजतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा मण्डललाई सप्तरीको विष्णुपुर गाउँपालिकास्थित हुलाकी सडकखण्डको खुरहुरिया चौकबाट पक्राउ गरिएको हो ।
प्रहरीको चेकजाँचबाट जोगिन मण्डलले घाँटीमा स्वास्थ्यकर्मी (ल्याब असिस्टेन्ट) को नक्कली परिचयपत्र झुण्ड्याएका थिए । प्रहरीले चेकजाँचको क्रममा चामलको बोरा भित्र लुकाइ राखेको ठूलो परिमाणको प्रतिबन्धित लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनका अनुसार चामलको बोराभित्र लागु औषध स्पासमोप्रोकसिभव क्याप्सुल ३ हजार १ सय ६८ थान र डेलेक्स डिसि २८ बोतल प्रहरीले बरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा सोध्दा उनले आफू स्वास्थ्यकर्मी रहेको र क्वारेन्टाइन केन्द्रतर्फ चामल पु¥याउन जाँदै गरेको बताएका थिए । तर, शंका लागेर चेकजाँच गर्दा उनी लागु औषधको कारोबारी रहेको खुलेको प्रहरीको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !