काठमाडौं,जेठ २९ गते बिहिवार ।
सेवाग्राहीसँग ५० हजार घुस लिने इलाका प्रहरी कार्यालयका प्रंहरी नायब निरीक्षक(सई) दिलबहादुर महतारासहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ ।
कैलाली मसुरिया, गौरीगंगा नगरपालिका वडा नं. १० का बृखबहादुर धामीले सेवाग्राहीको घरायसी झगडा सम्बन्धी इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिने गरेको सूचनाका आधारमा अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिई गएको टोलीले उनलाई केही दिनअघि नियन्त्रणमा लिएको हो । बिचौलिया धामीलाई ५० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सई दिल महराले आफू कार्यरत रहेको इलाका प्रहरी कार्यालयमा दर्ता भएको झगडा मुद्दा मिलाई दिने भनी धामीमार्फत् सेवाग्राहीबाट रु ५० हजार घुस माग गरेको सूचना अख्तियारमा पुगेको थियो । उक्त रकम लिन मञ्जुर भई धामीलाई लिन लगाई उनलाई नै राख्न सहमति दिएको प्रमाणित भएकाले महरा बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सो मुद्दा मिलाउन मध्यस्थकर्ताको काम गर्ने बृखबहादुर धामीबिरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !