काठमाडौं ,जेठ २९ गते बिहिवार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको बोलीप्रति आपत्ति जनाउनुभएकाे छ । बुधबार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले योगी आदित्यनाथले धम्क्याउन खोजेको हो भने जायज नहुने बताउनुभयाे ।
‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथजीले नक्साबारे बाेल्नुभयो भन्ने केही कुराहरु आएको छ । यदि उहाँले त्यसरी बोल्नुभएको छ भने त्यो जायज होइन र त्यसरी नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो उचित होइन,’ प्रधामन्त्री ओलीले भन्नुयभाे, ‘उहाँको त्यो नबोलिनु पर्थ्याे । त्यो बोल्नुभएको र नेपालाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई हामी नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौँ ।’
योगीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले नेपाल हेपिन तयार नभएको बताउनुभयाे। ‘नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभयाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !