Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अहिले बजारमा नक्कली सेनिटाइजरको बिगबिगी


काठमाडौं ,जेठ २८ गते बुधबार ।

अहिले बजारमा सबैभन्दा बढी माग भएको कुनै वस्तु छ भने त्यो हो, सेनिटाइजर । ७० देखि ८० प्रतिशतसम्म इथानोल प्रयोग गरिएको गरी अन्य आवश्यक रसायन राखेर सेनिटाइजर बनाइन्छ । 

मंगलबार महाशाखाको टोलीले बरामद गरेको नक्कली सेनिटाइजर तथा कस्मेटिक सामानहरु ।

तर अहिले बजारमा केही त्यस्ता सेनिटाइजर पनि पाइएका छन्, जहाँ इथानोल नभएर हानिकारक मिथाइल मिसाइएको पाइएको छ । यस्तो नक्कली सेनिटाइजरको बिगबिगी बढेपछि प्रहरीले यस्तो सामान बरामद गर्दै नक्कली सामान उत्पादन गर्ने व्यक्तिहरुलाई पनि पक्राउ गर्न थालेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै लिक्विड ह्याण्ड–वासले हात धुनु र सेनिटाइजर प्रयोग अनिवार्य जस्तै भएको छ । कोरोना भाइरस नष्ट गर्ने भन्दै मापदण्ड पूरा नगरिकन जथाभावी उत्पादन भइरहेका सेनिटाइजर स्वास्थ्यका लागि हानिकारक हुने भन्दै प्रहरीले प्रयोग गर्दा सचेत रहन समेत आग्रह गरेको छ । 

मानव स्वास्थ्यसँग खेलवाड गरेर काठमाडौँ उपत्यकामा विभिन्न रसायन मिसाएर घरैमा नक्कली सेनिटाइजर बनाएर बेच्नेहरूको गिरोह सक्रिय भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । 

मंगलबार महाशाखाको टोलीले अवैध रुपमा सेनिटाइजर तथा कस्मेटिक सामानहरु बनाई बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गर्यो । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बनारस घर भई हाल काठमाडौँ बस्दै आएका ६५ वर्षीय अब्दुल मनान, काठमाडौं कलंकीका ३३ वर्षीय प्रदीप उपाध्याय लुईंटेल र नुवाकोटका बलाल अहमद रहेका छन् । ठूलो परिमाणमा तयारी, कच्चा पदार्थ, स्टीकरलगायत सामान बरामद भएपछि नियोजितरूपमा कालोबजारी भइरहेको खुलेको हो । 

एसएसपी थापाका अनुसार लकडाउनको कारण बजारमा अत्याधिक माग भएका ह्याण्ड सेनिटाइजरको नक्कली उत्पादन गरी बिक्री वितरण गर्न तयार पारेको अवस्थामा उनीहरुलाई नयाँबजारको खुसीँबुबाट पक्राउ गरिएको हो । 

विश्वमै चलेका ब्रान्डहरुको स्टिकर समेत आफैले छपाई गरी उनीहरुले खाली बोत्तलहरुमा लेभलिङ तथा महङ्गो मुल्य राखी दुरुस्त सक्कली ब्रान्ड जस्तै बनाई बजारमा बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको छ । 

‘डिफेन्स लुक–अप, ब्रदर ब्रक्स, रुबिया ह्यान्ड वास, वी अन एडभान्स्ड, जिमिनी ह्यान्ड वास, ग्लाईसेरिना मेगन्ता र क्वाई इन्क माइकल लगायतका ब्रान्डको नाम राखेर कालोबजारी गर्ने गरेको खुलेको छ,’ एसएसपी थापाले रातोपाटीसँग भने ।

कोभिड–१९ जस्तो महामारीबाट बच्न प्रयोग गरिने सेनिटाइजरको नक्कली उत्पादन गरी उनीहरुले जनस्वास्थ्यमा खेलवाड गरेको अनुसन्धानको क्रममा खुलेको महाशाखाका एसपी होविन्द्र बोगटीले बताए । 

यस्तै उनीहरुको साथबाट ब्रिटियन सन बिम, फ्रेस एरोमा, ब्रिटानिया, रमनीलगायतको ब्रान्डको स्टिकर बनाउने मेसिन, हेयर रिमुभर, गुलाब जल, नक्कली फ्रेस क्रिम आदि विक्री वितरणको लागि भण्डार गरि राखेको अवस्थामा बरामद भएको छ । 

ह्याण्ड सेनिटाइजर, कस्मेटिक सामानहरुसहित तौल गर्ने डिजिटल मेसिन, कलर प्रिन्टर, कम्प्युटर लगायतका सामानहरु पनि बरामद गरिएको एसपी बोगटीले बताए । 

नक्कली सेनिटाइजर तत्कालै एलर्जी 
नक्कली सेनिटाइजर तत्कालै एलर्जी 
उनीहरुको साथबाट बरामद भएको नक्कली सेनिटाइजर हातमा लगाउना साथ चिलाउने र रातो हुने गरेको एसएसपी थापाले बताए । उनले भने, ‘विभिन्न केमिकल मिसावट गरेर बनाइएको हो । उक्त सेनिटाइजर प्रयोग गरेपछि हात चिलाउँछ र रातो हुन्छ । त्यो यहीँ प्रयोग गरेर हेर्दा पनि देखियो ।’

‘सेनिटाइजर बनाउँदा ७० देखि ८० प्रतिशतसम्म इथानोल वा आइसोप्रोपल अल्कोहलको मिश्रण हुनुपर्छ,’ एसएसपी थापाले भने, ‘अरु चिजवस्तु मिसाएर बनाइएमा प्रयोग गर्नु निकै खतरापूर्ण पनि हुनसक्छ ।’ 

उनीहरुले बिक्री वितरण गर्दै आएको सेनिटाइजर बनाउनको लागि कुनै पनि निकायबाट स्वीकृति नलिएको एसएसपी थापाले बताए । एसएसपी थापाले भने, ‘स्वीकृतिसँगै लाइसेन्स र गुणस्तर परीक्षण हुनुपर्छ, त्यो पनि छैन ।’

आफूखुसी उत्पादन गरिएको सेनिटाइजरमा हानिकारक मिथाइल अल्कोहल (मिथानोल) ६५ प्रतिशत प्रयोग गरेको पाइएको एसएसपी थापाले बताए । थापाले मानव स्वास्थ्यका साथै छालामा निक्कै लामो समयसम्म असर गर्ने भएकाले मिथानोल प्रयोग गरी बनाइएको सेनिटाइजर प्रयोग गर्न नमिल्ने बताए । 

खोजी–खोजी कारबाही’
‘खोजी–खोजी कारबाही’
यस्ता सामान उत्पादकलाई खोजी–खोजी कानुनी दायरामा ल्याउने एसएसपी थापाको दाबी छ । पक्राउ परेकाहरुलाई औषधि ऐन, उपभोक्ता संरक्षण ऐन वा कालोबजारी ऐन अन्तर्गत शीर्षकमा कारबाही गरिने थापाले बताए । 

दर्ता नगरी, थाहै नदिइकन आफूखुसी सेनिटाइजर उत्पादन गरिरहेको पाइएपछि रोक लगाउँदै गुणस्तरहीन एवम् प्रयोग गर्न अयोग्य सामग्री बनाउने जो कोही पनि कानुनको दायरामा आउनुपर्ने थापाले भने । 

बुधबार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काठमाडौँले ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियालाई सहज बनाउन प्रहरीलाई अुनमित दिएको हो । 

पक्राउ परेकाहरुको साथबाट बरामद सामानहरु
१. विभिन्न साइजको प्लाष्टिकको ग्यालेन तथा ड्रममा राखेको सेनिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ ३२९० लिटर ।

२. स्किमर्स लेखिएको तयारी सेनिटाइजर ५०० लिटरको ८ बोतल ।

३. तयारी सेनिटाइजर ५ लिटरको ग्यालेन थान – २६ ।

४. १०० लिटरको प्लाष्टिकको बोतलमा राखेको तयारी सेनिटाइजर थान – १९५ ।

५. रुबी ह्यान्ड वास लेखिएको १४० लिटरको बोतल थान – १७२ ।

६. वी अन एडभान्स्ड लेखिएको २५० लिटरको बोतल थान –१३ ।

७. ब्रान्ड नखुलेको सानो बोतल थान – ३० थान ।

८. Glycerine, Defence look up, Bee one Jemini समेत लेखिएका तयारी सेनिटाइजरमा टाँस्ने स्टिकरहरु १ झोला ।

९. मसि भएको १०० लिटरको बोतल थान – ८ ।

१०. ठण्डा अल्को सुपर लेखिएको १ लिटरको बोतल थान – ५ ।

११. एलसीडी थान – १ ।

१२. सीपीयू थान – १ ।

१३. रंगिन प्रिन्टर मेसिन थान – १ ।

१४. सेतो रंङको बट्टामा ५०० लिटर लेखिएको बट्टा थान – ३० ।

१५. केसमरी गुलाब रस १०० लिटर लेखिएको भरी बट्टा थान – ८० । 

१६. स्याम्पु ५०० लिटर लेखिएको थान – १८ ।

१७. विभिन्न कस्मेटिक सामानको स्टिकर रहेको कार्टुन थान – ५ ।

१८. ट्याग लगाउने मेसिन थान – १ ।

१९. विभिन्न छापहरु थान – ६ ।

२०. ६०० लिटर लेखिएको भरी बट्टा थान – २३ ।

२१. विभिन्न कस्मेटिक सामानका कुनै खाली र कुनै भरिएका बट्टाहरु रहेको कार्टुन थान – ४ ।

२२. सिल्भर पत्ता थान – ६ ।

२३. तौल गर्ने डिजिटल मेसिन थान – १ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh