काठमाडौं ,जेठ २८ गते बुधबार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता नभएको दावी गरेका छन् ।
आज बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अपारदर्शीता, अनियमितता भएको छ भने सरकारले छानविन गर्ने र दोषी पाइएमा कानूनको कठघरामा उभ्याएर दण्डित गर्ने बताए छन् ।
उनले कतिपयलाई बाहिर बाहिर अनियमितता भएको हल्ला गर्ने बानी रहेको बताउँदै देश संकटमा परेको बेला कसैले भ्रष्टाचार र अनियमितता गर्न भने त्यो सैह्य नहुने बताए ।
अहिले भएको खर्चको दिनैपिच्छे लेखापरीक्षण गर्न सम्भव नभएको बताउँदै उनले भोलिका दिनमा महालेखापरीक्षकले त्यसलाई हेर्ने उल्लेख गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !