जनकपुर,जेठ २८ गते बुधबार ।
धनुषामा गएराति एक जना युवकको हत्या भएको गोली हानि हत्या गरिएको छ । रातिदेखी घरबाट बाहिर रहेका २५ वर्षीय अरुण गोली हानेर हत्या गरिएको अवस्थामा बिहान शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
सबैला नगरपालिका-७ स्थित लवटोली घर भन्दा झन्डै डेढ़ दुई सय मीटर पर पोखरीको डीलमा मृतक फेला परेको धनुषा प्रहरी प्रवक्ता रामेस्वर बताउनुभयाे ।
प्रवक्ता अनुसार मण्डलको टाउकोमा गाेली हानिएकाे छ । ‘टाउकोमा एक गोली लागेको छ,’ कार्कीले भन्नुभयाे, ‘हामी थप अनुसन्धान लागिहेका छौँ ।’
घटना किन र कसले गराए भन्नेबारे अहिले नखुले पनि चिनजानकै व्यक्तिले बोलाएर लगेको हुन सक्ने आशंका गरिएकाे छ । व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने पनि प्रहरीकाे आशंका छ ।
प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ । र मृतकको शव अहिले जनकपुर स्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि लगिएको कार्कीले जानकारी दिनुभयाे ।

















