Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रुपन्देहीको तिलोत्तमा हत्या प्रकरण – पक्राउ परेका युवकले आरोप स्वीकार गरे

काठमाडौं ,जेठ २७ गते ।

रुपन्देही जिल्लाको तिलोत्तमा-१० स्थित मैनहवास्थित गंगादेवी पशु कृषि फार्मका सञ्चालक कृष्णबहादुर पुन हरेक बिहान ५ बजे फर्ममा आइपुग्दा मूल गेट खुला हुन्थ्यो । बत्ती बलेको हुन्थ्यो । कामदारहरु उठेर काम शुरु गरिरहेका हुन्थे तर आज बिहान  फार्ममा पुग्दा त्यहाँ सुनसान थियो । गेट खुलेको थिएन न त बत्ती नै बलेको थियो । 

कृष्णबहादुरले जानकी मुसहरलाई चिच्याएर बोलाए तर उनी उठिनन् । गेटसँगै जोडिएको टहरोमा सुतिरहेका जानकीका कान्छो छोरा १० वर्षीय अर्जुन मुसहर उठे । कृष्णबहादुरले सुतिरहेका सबैलाई उठाउन बालक अर्जुनलाई अह्राए । गर्मीका कारण बालकका बुवाआमा पाँच जना गेटदेखि ५० मिटर पर फर्मभित्रै सुतेका थिए । बालक अर्जुनले आँखा मिच्दै फर्मभित्रै पुगेर पापा–मम्मी र अंकलहरुलाई पालैपालो बोलाए तर कोही उठेनन् । रगत लत्पतिएको देखेपछि उनले कृष्णबहादुरलाई खबर गरे । 

 कृष्णबहादुर गेट नाघेर दौडिँदै आउँदा जानकी र माधव मुसहरसहित सँगै सुतेका पोषराज मुसहर,  करण चौधरी र आशिष चौधरी पनि रगताम्य भएर ढलेका थिए । “भुइँ रगताम्य थियो, सबै अचेत थिए, म आत्तिदै बाहिर आएर प्रहरीलाई फोन गरे”, सञ्चालक पुनले भने ,“केही समयमै प्रहरी आयो र उनीहरुको हत्या भएको भन्ने थाहा पाएँ”, सञ्चालक कृष्णबहादुरका अनुसार मारिएका पाँचै जना मेहेनती कामदार थिए । 
  
अलग्गै कोठामा सुतेका मुसहर दम्पत्तिका छोरा र बहिनी उठेर रुन थाले । रुवावासी भएपछि गाउँभरी हल्ला फैलियो । एकैछिनमा स्थानीय बासिन्दाको फार्ममा भिड लाग्यो । “हामी आउँदा पाँचै जनाको शव एकै ठाउँमा थियो, सबैको टाउकोमा गम्भीर चोट लागेको थियो”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशब ज्ञवालीले भने, “सबैलाई कोदालोले टाउकोमा प्रहार गरेको देखियो ।”

 सञ्चालक कृष्णबहादुरले फोन गरेलगत्तै इलाका प्रहरी कार्यालय मंगलापुरको टोली घटनास्थलमा आएको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

 जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाकाअनुसार फार्ममा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षका करण चौधरी र आशिष चौधरीको सामूहिक हत्या गरिएको थियो । मुसहर तीनैजना फार्मका कामदार भए पनि करण र आशिष भने कामदार होइनन् । 

 प्रहरीकाअनुसार हत्या गरिएका पाँचै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । हत्या अभियोगमा घटनास्थलबाटै सुर्खेतको साविक नेटा गाविस–३ का ३२ वर्षीय  झसेन्द्रबहादुर सिञ्जालीलाई प्रहरीले पक्राउ गरेको छ । उनी सोही फर्मका कामदार हुन् । 

 फर्मभित्रै पराल राख्ने ठाउँमा भेटिएका उनी पक्राउ परेपछि बेहोस भएका थिए । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए । “हत्याको अभियोगमा उनलाई पक्राउ गरेका हौँ, सोधपुछ गर्ने काम भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक थापाले भने, “उनी मानसिक असन्तुलनको अवस्थामा रहेकाले सबै जानकारी लिन समय लाग्ने देखिएको छ ।”

घटनापछि कान्छी बजार शोकमा छ । स्थानीय त्रसित छन् । स्थानीयवासी तथा मृतकका आफन्तले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनीहरुले दोषीमाथि कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै केहीवेर नारावाजी समेत गरे । मृतक आशिषका आफन्त सरोज चौधरी भने, “हत्यामा संलग्नलाई कडा कारबाही हुनुपर्छ, आखिर उनीहरुको कसुर के थियो किन हत्या गरियो ? उनले प्रश्न गरे” घटनास्थल बुटवल–भैरहवा सडक खण्डको मंगलापुर देखि नौ किलोमिटर पूर्वमा पर्छ । 

सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न गठन गरिएको समितिले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजकुमार बैदवारको  नेतृत्वमा गठन गरिएको तीन सदस्यीय समितिले घटनास्थल पुगेर अनुसन्धान गरेको छ । 

 प्रहरीले घटना भएको तिलोत्तमा–१० मैनहवामा रहेको गंगादेवी पशु कृषि फार्मका सञ्चालक, हत्या गरिएका परिवार तथा स्थानीयसँग सोधपुछ गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक बैदवारले घटनाको अनुसन्धानका क्रममा प्रमाण संकलन गर्ने काम भइरहेको बताए । “घटनासँग सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने काम भइरहेको छ । अनुसन्धानपछि छिट्टै सार्वजनिक गर्छौ ।”  

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh