सर्लाही, जेठ २७ गते मंगलवार ।
युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न प्रदेश २ प्रहरी कार्यालय जानकपुरधामका प्रमुख डिआइजी धिरज प्रताप सिंहले प्रदेश २ का ८ वटै जिल्ला प्रहरी प्रमुखहरूलाई लागुऔषध विरुद्धको विशेष अभियान वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।

लागुऔषध विरुद्धको विशेष अभियान अन्तर्गत विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राति ११ः३० बजेतिर सर्लाहीको मलङ्गवा नगरपालिका–८, झिलमिलियामाई मन्दिरबाट सोही ठाउँका ३७ वर्षीय राम दुलार रायलाई आठ किलो चरेससहित पक्राउ गरेको थियो ।
रायकै बयानको आधारमा अनुसन्धान गर्दै जाँदा ‘मुस्लिम युथ हेल्प कमिटी’ मलङ्गवा–६, को नाममा रहेको ज १ च १४०७ नंं. को एम्बुलेन्सबाट थप १३५ ग्राम चरेस बरामद गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्सका चालक मलङ्गवा नगरपालिका–३, का २८ वर्षीय मोहन राय यादव र सहयोगी मलङ्गवा नगरपालिका–४, का नथुनी ठाकुरलाई समेत पक्राउ गरिएको छ ।
८ किलो चरेससहित पक्राउ परेका राम दुलार रायले एम्बुलेन्स चालक मोहन राय यादवले अन्यत्रबाट एम्बुलेन्समै हालेर ल्याई लागुऔषध भारतसम्म पुर्याइदिन जिम्मा लगाएको बयान दिएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !