काठमाडौं,जेठ २७ गते मंगलवार ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस महामारीका कारण अत्यन्त संकटमा रहेका २५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने बताए । आज मंगलवार प्रतिनिधिसभामा बोल्दै उनले संकटमा परेका नेपालीलाई उद्धारको तयारी भइरहेको बताएका छन् ।
सरकारले विदेशमा संकटमा रहेका नेपालीहरूको तथ्यांक संकलन गर्ने र स्वदेश आउन चाहनेलाई सहज रूपमा ल्याउने गरी सरकारले आदेश जारी गरिसकेको पनि बताए । उनले आफ्ना नागरिकप्रति सरकारले विभेद नगर्ने पनि प्रष्ट पारे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !