एजेन्सी ,जेठ २७ गते मंगलवार ।
एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारीलाई अमेरिकी अदालतले १२.५ लाख डलर धरौटी माग गरेको हो ।
अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा उक्त रकम धरौटी माग गरेको बीबीसीले जनाएका छन् ।
टेलिकन्फरेन्समार्फत् सोमवार अदालतमा उपस्थित भएका शोभिनले भने कुनै प्रकारको आग्रह नगरेको बताइएको छ । १५ मिनेटको सुनुवाइमा उनी हतकडी लगाइएको अवस्थामा बसिरहेका थिए ।
न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए ।
डेरेक शोभिनमाथि फ्लोइडको हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीलाई फ्लोइडको हत्यामा शोभिनको मतियार बनेको अभियोग छ ।
मे २५ मा भएको फ्लोइडको मृत्यु शोभिनले करिव ९ मिनेट घाँटी थिचेकै कारण भएको दाबी गरिएको छ । उक्त घटनापछि विश्वव्यापी प्रदर्शनहरू भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !