चितवन ,जेठ २७ गते ।
चितवनमा ह्वात्तै कोरोना भाइरस संक्रमित बढेपछि आज मंगलवार देखि लकडाउनमा थप कडाई गरिएको हो । बजारहरु बन्द छन् भने अत्यावाश्यक सवारी साधन बाहेक अरुलाइ हिड्न दिएको छैन ।

हिजो चितवनमा ३० जनामा कोरोना संक्रमण देखिएको थियो भने आज एक जनाको कोरोनाका कारण ज्यान गएपछि लकडाउनलाइ थप कडा गरिएको प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईले लकडाउनमा थप कडाई गरेको बताउदै लकडाउनको पालना गर्न सबै चितवनबासीमा आग्रह गर्नुभयो । उहाले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दै अघि बढे अवस्था भयावह हुन सक्ने भएकाले सचेत हुन आग्रह समेत गर्नुभयो ।
उहाले सवारी संचालन र पसल खोल्नमा थप कडाई गरिने बताउनुभयो । पछिल्लो केहि दिन चितवनमा लकडाउन उल्लंघन गर्दै निर्वाध रुपमा सवारी साधनहरु संचालन हुन थालेका छन् । तर चितवन प्रशासनले चितवन प्रवेश गर्ने नाका नारायणी पुलमा भने कडाई गर्दै आइरहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !