काठमाडौं,जेठ २७ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोरोना संक्रमण रोकथाममा असफल भएको निष्कर्ष निकालेको छ ।
कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको १० अर्ब रुपैयाँ खर्चमा अनियमितता भएको निष्कर्ष निकालेको छ ।
यस्तै केन्द्रीय सदस्यहरुले छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्नुपर्नेमा जोड दिएका छन् । संसद बैठकमा समेत सरकारले खर्च गरेको रकम र स्वास्थ्य क्षेत्रमा भएका अनियमितताको विषयमा सरकारसँग जवाफ माग्ने भएको छ ।
बैठकलले समयमै सरकारले योजना बनाउन नसक्दा कोरोना संक्रमण तीव्रगतिमा बढेको आरोप लगाएको छ । बैठकले सरकारको गल्ती कमजोरी औल्याउँदै आगामी दिनमा लिनुपर्ने पहलबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकोतर्फबाट ज्ञापनपत्र बुझाउनुहुनेछ । यस्तै, केन्द्रीय समिति बैठकले सरकारको कमजोरी औंल्याउँदै पार्टीका जिल्ला सभापतिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्देशन दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !