नेपालगन्ज,जेठ २७ गते ।
टिकटक बनाउन जाँदा एकजना युवाको तलाउमा डुबेर मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडियको सोमबार साँझ जानकी गाउपलिका वार्ड न ३ इन्द्र्पुर गाउको नारायण तलाउ टिकटक बनाउने क्रममा डुबेर मृत्यु भएको हो ।
स्थानियहरुको भनाइ अनुसार ३ जना युवाहरु नारायण तलाउ नजिकै टिकटक बनाइसकेपछि तलाउमा पौडी खेल्दै गर्दा ३ जना युवा मध्य भोला उर्फ बिष्णु गोडियको तलाउमा डुबे र मृत्यु भएको हो ।
उपमहानगरपालिका वार्ड न १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडिय लगायत ३ जना टिकटक बनाउन गएका थिए ।
३ जना युवाक मध्य एकजना युवा तलाउमा पौडी खेल्न हामफल्दा एकजना युवा डुब्न् थालेपछी बिष्णु गोडिय साथिलाइ बचाउनको लागि तलाउमा डुबेको बताइएको छ । बिष्णु डुबि सकेपछि संगै भएका साथिहरुले हल्ला गरेपछि स्थानीयले जानकारी पाएका थिए ।
त्यसपछी प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा साझ ८ बजे युवालाई निकालेर पोस्टमार्टमको लागि नेपालगन्ज भेरी हस्पिटल पठाइएको वडा अध्यक्ष बिन्दुस्वारी बर्माले जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !