Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पुर्खेउली बारीमा हलो जोत्दै पूर्वसभामुख कृष्णबहादुर महरा

रोल्पा ,जेठ २५ गते आइतबार ।

हामी सबैले अनुमान गर्न सक्छौं । विशिष्ट पदमा पुगेका व्यक्तिको दैनिकी कसरी चलिरहेको होला भनेर । जनतासँग भेटघाट । उच्पदस्थ व्यक्तिहरुसँग छलफल अथवा केही राजनीतिक काम । धेरै विशिष्ट पदमा पुगेका व्यक्तिहरुको दैनिकी यसरी नै चल्छ । ठूलो पदमा पुगेका मान्छेहरुले सामान्य काम गर्नुहुन्न भन्ने हाम्रो संस्कार नै बनेको छ ।

तर, पूर्वसभामुख कृष्णबहादुर महरा भने अहिले आफ्नो पुर्खेउली घर रोल्पामा गएर बारीमा हलो जोत्दै हुनुहुन्छ । संसद् बैठक स्थगित भएको मौका पारेर महरा अहिले रोल्पा आउनुभएको छ ।

‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उहाँले भन्नुभयो, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खेउली घर आएका छौं ।’

नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्याधिशलाई सम्माननिय पद मानिन्छ । यो पदमा पुगिसकेका व्यक्ति यसरी खेतिपातिमा जोडिएको नेपालको इतिहासमा पहिलो नै हो ।

‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भन्नुभयो, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो ।’

लामो समय शिक्षण पेशा गर्नुभएका महरा २०४८ सालमा पहिलो पटक संसद्मा निर्वाचित हुनुभएको थियो । २०५२ सालमा भूमिगत राजनीति शुरु गर्नुभएका महराले नेपालको शान्तिप्रकृया सम्पन्न गर्नमा मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।

तत्कालिन विद्रोही शक्ति नेकपा माओवादीले गठन गरेका सबै वार्ता टोलीमा महरा हुनुहुन्थ्यो । सधै सहमति, सहकार्य र राष्ट्रिय एकतामा जोड दिदै आउनुभएका महरा नेपाली राजनीतिमा कुटनीतिक क्षमता भएका नेताको रुपमा चिनिनुहुन्छ ।

आँफूमाथी नैतिकताको विषयमा प्रश्न उठेपछि उहाँले सभामुख पदबाट राजिनामा दिनुभएको थियो । तर, काठमाण्डौं जिल्ला अदालतले महरामाथी लगाइएका सबै आरोपहरु पूर्णरुपमा गलत भएको भन्दै निर्दोष सावित गरेर सफाई दिइसकेको छ ।

महराले राष्ट्रिय स्वाधिनताको पक्षमा दृढरुपमा अडान लिएका कारण नियोजित रुपमा फसाइएको बताइन्छ । उहाँ दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद् हुनुहुन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh