काठमाडौं, जेठ २५ गते आइतबार ।
दल दर्ताको निवेदन तयार पार्दा सम्म दोश्रो बरियताका अध्यक्ष बनाईएका डा. बावुराम भटराई चौथो बरियतामा थन्क्याईएका छन ।
समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकिकरण गरेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता जानु अघि महन्थ ठाकुर बावुराम भटराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाईएको थियो ।
आइतबार साँझ निर्वाचन आयोग कार्यालय पुगेर दल दर्ताका लागि कागजात बुझाएका पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भटराई, राजेन्द्र महतो लगायतका नेताहरु आयोगबाट फर्किदा डा. भटराईको नाममा टिपेक्स लगाएर बुझाएका थिए ।
निर्वाचन आयोगको दर्ता नम्बर १३९२ मा दर्ता गरिएको उक्त पार्टिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई राखीएको छ । अव उक्त पार्टिको नाम जनता समाजवादी पार्टीको भएको छ ।
यसअघि जसपाका शीर्ष नेताहरुको कार्य विभाजन भएको समाचार सार्वजनिक गर्दै जसपाका नेताहरुले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो रहने भनिएको थियो । तर, आयोगमा बुझाएको औपचारिक निवेदनमा भने डा.भट्टराई चौथो बरियातामा राखिएको छ ।
पार्टिका नेता अशोक राईले दोश्रो बरियतामा डा भटराईलाई राख्ने बिषयमा असहमती जनाएपछि डा भटराईलाई अशोक राई पछिको बरियतामा राखिएको जसपाका एक नेताले बताए
फेसबुकबाट तपाईको प्रतिक्रिया !