सिरहा,जेठ २५ गते आइतबार ।
सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न.९ चोहर्वा स्थित रहेको मारुती सिमेन्टमा नयाँ प्लान्टबन्दै गरेको क्रममा खसेर एकजना कामदारको मृत्यु भएको छ ।
मारुती सिमेन्ट फ्याक्ट्रीको नयाँ प्लान्ट बन्दै गरेको निर्माणाधीन संरचनामा काम गर्ने क्रममा मृत्यु हुने भारत जिल्ला बक्सर गुहाटी बस्ने बर्ष ४० को मोहर अलि रहेको छ । काम गरिरहेका क्रममा अचानक लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त फ्याक्ट्रीमा रहेको मेसिनको प्रिहिटरमा पाईप लागाउने क्रममा अचानक लडि घाईते भई तत्काल उपचारको लागी मिर्चैया स्थित मंगलम अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहा तर्फ लादै गर्दा निजको बाटोमा नै मृत्यु भएको छ ।
यता अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट प्रहरी टोली खटिगई अनुसन्धान कार्य भईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !