जनकपुर ,जेठ २५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार प्रदेश २ को समाजिक विकास मन्त्रालयमा छपामारी गरेको हो । कोरोना सम्बन्धी मिडिया ब्रिफिंग र स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको गुनासो बढेपछि अख्तियारले आज मन्त्रालयमा छापा मारेको छ ।
मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु मन्त्रालयकाबाट नियन्त्रणमा लिएको आयोगको क्षेत्रिय कार्यालय बर्दिवासले जनाएको छ ।
स्रोतका अनुसार प्रदेश सरकारले संचालन गरेको मिडिया ब्रिफिङमा सरकारले दैनिक रुपमा करिब २ लाख रुपैयाँ खर्च गर्दै आएको छ । यस्तै, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत् गरिएको स्वास्थ्य सुरक्षा समाग्री खरीदमा बजारमूल्य भन्दा बढीमा खरीद गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ । यस अघि पनि प्रदेश २ को समाजिक विकास मन्त्रालयका अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयबाट औषधि तथा स्वास्थ्य सामग्र र उपकरण खरिदमा ५ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको थियो ।
समाजिक विकास मन्त्रीले प्रत्यक योजना र खरिदमा ३० प्रतिशतसम्म कमिसन लिएर मन्त्रालय र निर्देशनालयका कर्मचारीलाई समेत भ्रष्टाचार गर्न सघाएको खुलासा भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !