तुलसीपुर,जेठ २५ गते आइतबार ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले १४ ग्राम ब्राउनसुगरसहित २ जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा वाँके कोहलपुर नगरपालिका–७ बस्ने बर्ष २८ को श्रीबहादुर रावत र बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने बर्ष २४ को सुजन शाही रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए ।
रावतले चलाएको भे २ प २७४ नं.को मोटरसाइकल र शाहीको वन्डरवयरबाट समेत गरी १४ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीेले जानकारी दिएको छ ।
उनिहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक चक्र डम्बरपालको नेतृत्वमा गएको प्रहरी टोलीले अमिलिया क्षेत्रबाट नियन्त्रणमा लिएको हो । घनटनाा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । २२ गते पनि पनि प्रहरीले सुराकीको आधारमा ब्राउनसुगर फेला परेपछि नक्कली बिरामी र यम्बुलेन्स नियन्त्रणमा लिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !