काठमाडौँ,जेठ २५ गते आइतबार ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ मार्फत सुनको भन्सार दर बढाएसँगै सुनको मुल्य प्रतितोला २ हजारले बृद्धि भएको हो ।
सरकारले यसअघि प्रति १० ग्राम सुनमा ६ हजार ५ सय रुपैयाँका दरले लाग्दै आएको भन्सार महशुल बजेटमा २ हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ ।
भन्सार बढेसँगै सुनको मूल्य बढेको हो। दैनिक मुल्यदर भने झन् बढ्न सक्ने अनुमान छ। एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ । आर्थिक वर्षको अन्तसँगै सुनको मुल्य प्रतितोला अब २३ सय ३२ रुपैयाँले महँगिएको छ । यस्तै, चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्याइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !