जनकपुर ,जेठ २४ गते सनिवार ।
जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनबाट १५ जना कोरोना संक्रमित उपचार पश्चात् निको भएर डिस्चार्ज भएका छन् ।
शुक्रबार साँझ सर्लाहीका १४ जना र जनकपुरका १ गरि १५ जना कोरोना मुक्त भइ घर फर्केको प्रादेशिक अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिनु भयो ।
यसअघि यस अस्पतालबाट ८ जना कोरोना संक्रमित उपचार पश्चात् निको भएर फर्कि सकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !