काठमाडौं,जेठ २४ गते सनिवार ।
लद्दाखमा भइरहेको सैन्य तनाव अन्त्यको लागि भारत र चीनबीच सनिवार वार्ता हुँदैछ । पहिलो चरणमा आज दुई देशका लेफ्टिनेन्ट जनरल स्तरीय वार्ता हुने बीबीसीले जनाएको छ । वार्ता भारतीय बोर्डर पोइन्टमा रहेको एक सीमा चौकीमा हुनेछ । एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा भारतीय र चीनका सेनाबीच झडप भइरहेका छन् ।
पछिल्ला वर्षहरुमा लद्दाखमा भारत र चीनबीच बर्सेनि एकपटक तनाव हुँदै आएकोमा यो वर्ष ३ पटक झडप भइसकेको पनि बीबीसीले जनाएको छ । आज हुने वार्ताले सीमामा भइरहेको तनाव अन्त्य गर्ने विश्वास लिइएको छ ।
सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाएको र भारतीय भूमिमा गतिविधि बढाएकाले गम्भीर हिसाबले वार्ता गर्ने भारतको तयारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !