बारा,जेठ २४ गते सनिवार ।
भारतबाट नेपाल भि¥याउँदै गरेको १५ लाख नेपाली रुपैयाँसहित प्रहरीले अवैध कपडा बरामद गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट प्रहरीले शनिबार बिहान १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा बरामद गरेको हो ।
कपडासँगै बोरामा लुकाई राखेको अवस्थामा कपडा बरामद गरिएको सशस्त्र प्रहरीका एसपी दिग्विजय सुवेदीले जानकारी दिनु भयो ।
उनका अनुसार बिहान ४ बजे गस्तीको क्रममा अमरपुर नहर नजिकै एकजना तस्करले गस्ती टोलीलाई हेरेर कपडा र रकम सहितको बोरा पोको फालेर भागेपपछि बरामद गरिएको छ ।
बोरामा नगदसहित फेला परेको केही रेडिमेड कपडाको अन्दाजी मुल्य ३३ हजार ५० भन्दा बढी रहेको अनुमान गरिएको उनले बताए ।
बारामा हुण्डी कारोवारी मौलाएको अनुमान गर्दै बरामद रकम र कपडा सम्बन्धित निकायमा बुझाउने तयारी गरेको सशस्त्र प्रहरी बाराले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !