धरान ,जेठ २४ गते सनिवार ।
चतरामा पक्राउ परेको मण्डल र यादव ।
नडाहा (दिपक पुरी) : लकडाउनमा कडाई गरिएको बेलामा समेत गएको बैशाख अन्तिम साता धरानकी दुई किशोरी लाई ललाई फकाई धरानबाट चतरा हुदै लहान लैजान लागेको बेला पक्राउ परेको दुई सहित ३ जना लाई विहीवार झुम्का कारागार चलान गरिएको छ ।
कारागार चलान गरिएकाहरुमा महोत्तरीका सुशील साफी, जनकपुर नगरपालिका–७ का ललन मण्डल र महेश प्रसाद यादव छन् । उनिहरु उपर इलाका प्रहरी चक्रघट्टीले मानव बेचविखन तथा ओसार पसारको अभियोगमा मुद्धा दायर गरेकोमा सुनसरी जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश अनुसार झुम्का कारागार चलान गरिएको हो ।
गएको बैशाख २७ गते एउटा मोटरसाइकलमा दुई किशोरी सहित आएको मोटरसाइकल बराहक्षेत्र १ स्थित चतरा सशस्त्र प्रहरी बलका पहिलो चेकपोस्टमा नरोकी तिब्र गतिमा भागेको थियो । शसस्त्र प्रहरीले लगत्तै भण्डारीटारको दोस्रो चेकपोस्टमा रोकेर चेकजाँच गर्दा धरान वडा ११ की १४ र १७ वर्षिया दुई किशोरी लाई ललाई फकाई लाहान भन्दै जनकपुर लैजानु लागेको खुलेपछि किशोरीहरुको उदार गरी मोटरसाइकल चालक ललन मण्डल सहित महेश प्रसाद यादव लाई पक्राउ गरेको सशस्त्र प्रहरी प्रमुख असोक न्यौपानेले बताए । सशस्त्र प्रहरी बलले पक्राउ गरेको दुई जना सहित उद्धार गरिएका किशोरीहरु इलाका प्रहरी कार्यालय चक्रघट्टी लाई जिम्मा लगाएको थियो ।
इलाका प्रहरी चक्रघट्टीका प्रहरी निरिक्षक शरण दहालका अनुसार अनुसन्धान गर्दै गर्दा किशोरी बेचविखनको नियतले लैजान लागेको घट्नामा महोत्तरीका सुशील साफी पनि संलग्न रहेको पाइएपछि थप एकजना गरि ३ जना लाई बिहीबार पुर्पक्षमा झुम्का कारागार चलान गरिएको छ । उनीहरु उपर सुनसरी जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भई सुनवाई हुँदा अदालत बाट पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको प्रहरी निरिक्षक दहालले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !