काठमाडाैं,जेठ २४ गते शुक्रबार ।
कुनै पनि प्रकारको तलब र भत्ता नलिने घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले तलब र भत्तावापतको रकम नेपाल सरकारको राज्य कोषमा जम्मा गर्न निर्देशन दिएका छन् ।
संसद सचिवालयलाई एक पत्र लेख्दै नेता श्रेष्ठले आफ्नो एक वर्षको तलब र भत्ता नेपाल सरकारको राजश्व खातामा जम्मा गर्न निर्देशन दिएका हुन् ।
श्रेष्ठले यसअघि नै तलब नलिने घोषणा गरेका थिए । अब भत्तावापतको रकम पनि सरकारी कोषमै जम्मा हुनेछ ।
श्रेष्ठले दुई दिनअघि राष्ट्रियसभाको बैठकमा अन्य सांसदहरुलाई समेत भत्तावापतको रकम नलिने घोषणा गर्न अपिल समेत गरेका थिए ।
नेता श्रेष्ठको यस्तो निर्णयको सामाजिक संजलामा प्रसंशा भएको छ।
संसद सचिवालयलाई बुझाइएको पत्र हेर्नुस् –
फेसबुकबाट तपाईको प्रतिक्रिया !