जेठ २३ गते । भारत र चीनबीच लगभग एक महिनादेखि पूर्वी लद्दाख सीमामा तनाव जारी छ । त्यसको समाधानका लागि दुवै पक्षले शनिवार महत्त्वपूर्ण बैठक गर्ने भएका छन् ।
तर वार्ताअघि सीमामा सैन्य गतिविधि बढेका छन् । अक्साई चीन क्षेत्रमा चिनियाँ लडाकू विमानहरूको हलचल बढेको देखिन्छ । भारतीय वायुसेनाले त्यसमा नजर राख्दै गश्ती बढाएको छ ।
चीनको वायुसेनाले सीमानजिक युद्धअभ्यास गरिरहेको छ र उसको विमान सीमामा रहेको १० किलोमिटरको नो फ्लाई जोनमा आएको छैन । तर भारतीय वायुसेनाले त्यहाँ आफ्नो उपस्थिति बढाएको छ ।
लद्दाखमा भारतीय वायुसेना राम्रो स्थितिमा छ । श्रीनगर र चण्डीगढ एयरबेसबाट छोटो अवधिमै भारतइि वायुसेनाका लडाकू विमानहरू इन्धन र हतियार सहित उडान भर्न सक्छन् । चीनका एयरबेस चाहिँ निकै अग्लो ठाउँमा छन् । त्यसले गर्दा उसका विमानहरू बढी पेलोड र इन्धन लैजान असमर्थ छन् ।
भारतले अरुणाचल र सिक्किम सीमामा पनि सैन्य तैनाथी बढाएको छ । ती क्षेत्रमा चीनले सैनिकको संख्या बढाएको खबर आएपछि भारत सतर्क बनेको हो ।
नवभारत टाइम्सबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया !