दैलेख,जेठ २३ गते शुक्रबार ।
दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको हो । बिहिबार सम्म २ सय १८ सम्म पुगेको शुक्रवार ९१ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको हो । विहिबार भने १ सय १३ थपिएका थिए भने शुक्रवार नयाँ ९१ थपिएको हो ।
कोभिड १९ नयाँ थपिनेमा निर्वाचन क्षेत्र –१ को महाबु गाउँपालिकामा ६४ जना र निर्वाचन क्षेत्र २ को दुल्लू नगरपालिकाका २७ जना हुन् । महाबु गाउँपालिका ३ महिला सहित ६१ पुरुषमा कारोना पोजेटिभ देखिएको छ । गाउँपालिकाको सबै भन्दा बढी पोजेटिभ वडा नं-२ मा देखिएको छ । २ महिला ४० जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यसैगरि निर्वाचन क्षेत्र २ को दुल्लूनगरपालिकामा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ पोजिटेभ देखिएका सबै पुरुष हुन् । दुल्लू नगरपालिका वडानं –१ मा ६ जना, वडा नं–२ मा ५ जना, वडा नं –३ मा ३ जना, वडानं –४ मा ३ जना,वडानं –५ मा १ जना, वडा नं –६ मा ४ जना, वडा नं –७ मा १ जना,वडानं –८ मा १ जना,वडानं –९ मा १ जना, वडा नं–१० मा १ वडा नं–१२ मा १ जना गरि २७ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनाराण तिवारीले जानकारी दिए । बिहिबार दैलेखका ११३ जनामध्ये १०८ जना जिल्ला सदरमुकाम रहेको दैलेखको नारायण नगरपालिकामा कोरोना पुष्टि भएको थियो ।
रोजगारीका लागि भारत गएका नागरिक दैलेख फर्किन थालेपछि दैलेखमा कोरोना संक्रमित संख्या ह्वातै बढेको हो । कोरोना ‘पोजेटिभ’ देखिएका सबै भारतबाट आएका हुन् । कोरोना पोजेटिभ दिनानुदिन बढन् थालेपछि दैलेखका स्थानीयबासिन्दा त्रसित भएपनि भारतबाट दैलेख भित्रिने संख्यामा कमी आएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !