जनकपुरधाम,जेठ २२ गते बिहिवार ।
२ नं. प्रदेशको संसद सचिवालयका पाँच मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा आज बिहिवार संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ ।

प्रदेश सभाको चौथो अधिवेशन बुधबारदेखि प्रारम्भ भएको छ । चौथो अधिवेशनको बैठक बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब संकलन गरिएको थियो । त्यस क्रममा प्रदेशसभा उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जसमा ५ जनामा पोजिटिभ आएको थिए। कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन्।
उनीहरु पाँचै जनालाई आइसोलेसनमा राखिए छ । प्रदेशसभा सचिवालयमा कार्यरत ५ जनामा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आह्वान गरिएको संसद् बैठक स्थगित गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !