बिरगंज ,जेठ २२ गते बिहिवार । सशस्त्र प्रहरी बलकाे बन्जरा स्थित बिओपीले २२ लाख ४८ हजार सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बिओपीका निरिक्षक हरि पराजुलीले जानकारी दिए अनुसार बहुदरमाई नगरपालिका ५ भमराटार घर भएका प्रकाश साहबाट साे रकम वरामद गरेको हो ।

साहले चढेको ना ४३ प २८०२ नम्बरको माेटरसाईकल चेकजाँच गर्दा माेटर साईकलकाे ट्याङ्की मुनि लुकाएको अवस्थामा साे रकम वरामद भएको पराजुलीले बताए । सशस्त्रले बरामद गरेको रकम सहित साहलाई जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि बुझाएको पनि पराजुलीले बताए ।साे रकम हुण्डीकाे हुन सक्ने बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !