वीरगन्ज,जेठ २२ गते बिहिवार ।
नेपाली सेनाका २ जवानसहित पाँच जना कोरोना भाइरस संक्रमणबाट मुक्त भई आज वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालबाट डिस्चार्ज भएको छ ।
डिस्चार्ज हुनेमा बारामा कार्यरत दुई जना नेपाली सेनाका जवान र पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर –४ निवासी २५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर –५ जेलरोडका २५ वर्षीय पुरुष र वीरगन्ज–१६ का ७० वर्षीय पुरुष छन् ।

पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि ५ जनालाई डिस्चार्ज गरिएको कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जनाए । गत जेठ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।
‘कोरोना जितेर वारामा कार्यरत नेपाली सेनाका दुई जवान र पर्साका ३ जना डिस्चार्ज भएका हुन्, डा. सिंहले भने, पछिल्लो २ रिर्पोट नेगेटिभ आएपछि बिहीवार डिस्चार्ज गरिएको हो । अस्थायी कोभिड अस्पतालमा २८ जना संक्रमित रहेका छन् । पर्साबाट हालसम्म १ सय २ जना निको भएर डिस्चार्ज भएको नारायणी अस्पतालका प्रमुख डा.मदन कुमार उपाध्यायले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !