हेटौंडा,जेठ २२ गते बिहिवार ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१८ स्थित बरौलि खोलामा बनाउँदै गरिएको पुल भत्कीएको छ । हर्नामाडी क्षेत्रमा पर्ने दोभानचौर र रामधुनी जोड्ने पुल निर्माण गर्दागर्दै भत्कीएको हो ।

पुल भत्कीइपछि स्थानीय केहि ब्यक्तिहरुले उक्त पुलको तस्बिर राख्दै सामजिक सञ्जालमा पोष्ट गरेका छन् । उनीहरुले पुल निर्माण गर्दा सावधानी नअपनाएको प्रति रोष प्रकट गरेका छन् ।
ढलान गर्ने क्रममा भत्कीएको कारण एकजना घाईते समेत भएको र उनको सोहि स्थानमा रहेको मेडिकलमा उपचार भएको स्थानीयको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !