Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

क्वारेन्टिनमा बसेकालाई थर्काउन गएका वडाअध्यक्ष उतै थुनिए

हलेसी,जेठ २२ गते बिहिवार ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर –१० स्थित अर्खौलेका स्थानीय बासिन्दाले वडाअध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाअध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टिनमा राखेका हुन् ।
 
मङ्गलबार दिउँसैदेखि मादक पदार्थ सेवन गरेका वडाअध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेका एक युवकको मोबाइलसमेत खोसेको स्थानीय बासिन्दाको आरोप छ । “दैनिक मादक पदार्थ सेवन गरेर बस्नुहुने वडाअध्यक्ष पुरीले मातेको झोँकमा गए राति क्वारेन्टिनमा बसेकालाई हप्काउनुका साथै एक युवकको मोबाइलसमेत खोसेर लानुभएको छ”, एक स्थानीय बासिन्दाले भने, “क्वारेन्टिनमा बसेकाहरुसँगको सम्पर्कमा जानुभएका वडाध्यक्ष पुरीबाट कोरोना भाइरसको सङ्क्रमण सर्ने खतरा भएकाले उहाँलाई नै क्वारेन्टिनमा राखिएको हो ।”
 
वडाध्यक्ष पुरीले गएराति क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत हप्कीदप्की गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अधिकांश समय मादक पदार्थ सेवन गरेर बस्ने वडाअध्यक्ष पुरीले कार्यालयमा खटिएका कर्मचारीलाई आफ्नै घरमा आएर हाजिर गर्न लगाउने गरेको एक कर्मचारीले बताएका छन् । वडाध्यक्ष पुरीलाई बुधबारबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिने नगरप्रमुख इवन राईले बताए । “हामीले लागू गरेको नियम सबैलाई लागू हुन्छ”, उनले भने, “वडाध्यक्ष पुरीले नियम उलङ्घन गर्नुभएकाले उहाँलाई नगरपालिकाकै तर्फबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिएको हो ।”

एघार वडा कार्यालय रहेको नगरपालिकाको विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा अहिले नौ जना रहेको नगरपालिकाको स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिए । क्वारेन्टिनमा बस्ने व्यक्तिको स्वास्थ्योपचार तथा खानाको व्यवस्था नगरपालिकाले गर्ने गरेको जनाइएको छ । एक सङ्क्रमित युवक भेटिएको उक्त नगरपालिकामा ११४ स्थानीय बासिन्दाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गरिएको जनाइएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनको परिवार तथा उनीसँगै बसमा यात्रा गरेर आएकाहरुको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
 
सङ्क्रमित युवकको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ । उपचाररत युवकको अवस्था अहिलेसम्म सामान्य रहेको नगरस्वास्थ्य सहसंयोजक घिमिरेले जानकारी दिएका छन्। दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अन्य स्थानीय तहमा समेत उच्च सतर्कता अपनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रको प्रवेश नाका पूर्णरुपमा बन्द गरेको छ भने परीक्षणलाई तीव्रता दिएका छन् ।
 
जिल्लाका चार स्थानीय तहका १७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । ऐसेलुखर्क गाउँपालिकामा आठ, जन्तेढुङ्गा गाउँपालिकामा पाँच, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा दुई–दुई गरी १७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । आरडिटी रिपोर्ट पोजेटिभ देखिएका १७ सहित ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा विराटनगर तथा काठमाडौँ पठाइएको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताए। जिल्लामा हालसम्म ९५१ जनाको आरडिटी र २४८ जनाको पिसीआर परीक्षण गरिएको मेडिकल अधिकृत डा श्रेष्ठले जानकारी दिए । tv annapurna बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh