लहान,जेठ २२ गते । लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि २ नं. प्रदेशका चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।
आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंहले जानकारी दिए ।
यी चारै जना सर्लाही जिल्लाको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । उनीहरुले आर्थिक लाभ लिएर तस्करलाई सघाएको खुलेको उनले जानकारी दिनु भयो।
२ नं. प्रदेश प्रहरी कार्यालय जानपुरधामले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !