रुकुम ,जेठ २१ गते बुधबार ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकीमा जनप्रतिनिधिकै नेतृत्वमा आक्रमण भएको छ । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा गएको टोलीले चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार वडाध्यक्ष केसीले मदिरा सेवन गरी सोही प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरेको र पछि केही युवा ल्याएर चौकी आक्रमण गरेको जनाएको छ । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले बताए । सो क्रममा प्रहरीको हतियार समेत खोस्ने प्रयास भएको रुकुम प्रहरीले जनाएको छ । आक्रमणपछि बडाध्यक्ष लगायतका मानिस फरार रहेकाले खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !