Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

यस्ता छन् भावी आईजीपीका प्रतिस्पर्धी


काठमाडौं ,जेठ २१ गते बुधबार । अट्ठाइसौ आईजीपीका प्रतिस्पर्धी एआईजीद्वय हरिबहादुर पाल र शैलेश थापा दुवै नेपाल प्रहरीमा ब्यवसायीक तथा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । पालसँग नेपाल प्रहरी सेवाको अधिकांश समय फिल्डमा खटिएर चुनौतीपूर्ण काम गरेको अनुभव छ । उनले रूपन्देही, धनुषा कास्की तथा डडेलधुरा नुवाकोटलगायत जिल्ला प्रहरी कार्यालयको कमाण्ड कुशलतापूर्वक निर्वाह गरेका थिए ।

सुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी चुनौतीपूर्ण जिम्मेवारीको मानिने प्रदेश दुई प्रहरी प्रमुख रहँदा पालको कमाण्डमा अपराध, चोरी, तस्करी तथा चगुण्डागर्दी नियन्त्रणमा सफल भएसँगै सरकारले उनलाई विषेश ब्यूरो प्रमुखको जिम्मेवारी दिएको थियो ।

आतंकवाद तथा प्रतिआतंकवाद विरूद्धको विशेष रणनीति तथा कारवाही गर्ने प्रहरीको महत्त्वपूर्ण मानिने विशेष ब्यूरोमा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी सम्हालिसकेका एआईजी पाल प्रहरीको भावी नेतृत्वका प्रबल दाबेदार हुन् ।

पालले नेतृत्व सम्हालेसँगै विशेष ब्यूरोले विप्लव समूहमाथि गोप्य निगरानी तथा अपरेसन चलायो । जसका कारण पछिल्लो १ बर्षमा विप्लव समुहका झन्डै १५ सय बढि उच्च तहका नेता कार्यकता पक्राउ परेका छन् । एनसेल टावरमा तथा ब्यापारी र पूर्वकर्मचारीको घरमा शृङ्खलाबद्ध रूपमा विस्फोट गराएर काठमाडौं उपत्यका नै असुरक्षित बनेका बेला पाल विशेष ब्यूरोमा आएर विप्लव समूहमाथि अपरेसन सुरु गरेका थिए ।

ब्यूरोले ठूलो संख्यामा बिप्लव समूहबाट हातहतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिएपछि उक्त समूह पछिल्लो समय प्रभावबिहीन बनिसकेको छ ।
एआईजी पाल हाल अपराध अनुसन्धान विभाग र कार्य विभागको नेतृत्व सम्हालिरहेका छन् । प्रहरीमा निडर, आक्रामक तथा अवस्था अनुसार तत्काल सुरक्षा रणनीति बनाउन सक्ने क्षमता भएका पाल कडा मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।

आईजीपीका अर्का प्रतिस्पर्धी शैलेश थापा प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारी हुन् ।
प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।
नीतिगत निर्णय गर्न रूचाउने थापा शालिन प्रहरी अधिकारीका रूपमा परिचित छन् ।

एआईजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए । एआईजी बरियतामा दोस्रो नम्बर रहेका थापासँग फिल्डमा काम कम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर जस्ता आरोप लाग्ने गर्छ ।

हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका शैलेश क्षेत्रीमाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ ।
प्रहरीका पछिल्लो बढुवामा रोलक्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्केसंगै आईजीपी ज्ञवाली र क्षेत्रीमाथि संगठनमा न्याय गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।
क्षेत्री र पाल दुवै जना २०७६ फागुन १५ गते क्रमशः दोस्रो र तेस्रो नम्बरमा एआईजी बढुवा भएका थिए ।

विवादरहित प्रतिस्पर्धा

नेपाल प्रहरी २०४६ सालदेखिको अस्वस्थ प्रतिस्पर्धा यो पटक सतहमा देखिएको छैन । आ–आफ्ना क्षेत्रमा अब्बल तथा ब्यावसायीक पहिचान बनाएका दुवै प्रहरी अधिकारी जो सुकै आईजीपी बने पनि सहयोग गर्ने आपसमा प्रतिबद्धता गरेका छन् ।

९८ औ व्याचमा नेपाल प्रहरीमा भर्ना भएका पाल र क्षेत्रीमध्ये एकजना आईजीपी नियुक्त हुनेछन् । तारिणी लम्साल आईजीपी ज्ञवालीसँगै अनिवार्य अवकाशमा गएसंगै रिक्त हुने दुई एआईजी पदमा रोलक्रम अनुसार अगाडि रहेका पाल र थापाका सहब्याची डिआईजीद्वय प्रद्युम्न कार्की तथा निरजबहादुर शाही एआईजीमा बढुवा हुनेछन् ।

यी चारैजनामा पाल र थापाबीच जो सुकै आईजीपी नियुक्त भएपनि एक अर्कालाई सहयोग गर्ने सहमति समेत बनेको बताइन्छ । नेपाल प्रहरीमा लामो समयदेखि भैरहेको अस्वस्थ प्रतिस्पर्धा यो पटक देखिएन भने आगामी नेतृत्वलाई काम गर्न सहज हुनेछ जसको प्रत्यक्ष प्रभाव शान्ति सुरक्षामै देखिनेछ ।
कोरोना भाइरस संक्रमण(कोभिड–१९) महामारी फैलिएसंँगै मुलुक आर्थिक रुपमा संकट आउन सक्ने अनुमान गरिएको छ ।

संक्रमणका कारण बिदेशमा रोजगारीका लागि गएका लाखौं युवा स्वदेश फर्कने क्रममा छन् । संक्रमणका कारण महंगी तथा बेरोजगारी बढन सक्ने अनुमान गरिएको छ । जसका कारण अपराध, चोरी डकैती बढ्नसक्ने भएकाले प्रहरीको आगामी नेतृत्व संभावित सुरक्षा चुनौतीको सामना गर्न सक्ने अनुभवी हुनुपर्ने राजनीतिक उपल्लो वृत्तमा चर्चा सुरु भएको छ ।

जसका लागि विगतमा फिल्डमा खटिएर कुशल नेतृत्व प्रदान गरेको जोखिमपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको आधारमा एआईजी पाल नै २८ औ आईजीपी नियुक्त हुनसक्ने प्रवल संभावना छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

20 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh